ओली नेतृत्वको मन्त्रिपरिषद्ले पायो पूर्णता, तीन राज्यमन्त्री नियुक्त

काठमाडौं— प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्लाई पूर्णता दिएका छन्। उनले कांग्रेसबाट दुई र नागरिक उन्मुक्ति पार्टी (नाउपा) बाट एक राज्यमन्त्री नियुक्त गरेका हुन्।
कांग्रेसबाट रुपा विक र पूर्णबहादुर तामाङ र नाउपाबाट अरुण चौधरी राज्यमन्त्री नियुक्त भएका हुन्।
अरुणलाई संस्कृति पर्यटन तथा नागरिक उड्डयन, रूपालाई वन तथा वातावरण र पूर्णबहादुरलाई ऊर्जा जलश्रोत तथा सिँचाइ राज्यमन्त्री बनाइएको छ।
प्रकाशित मिति: शुक्रबार, साउन १८, २०८१ १३:३१