News Griha :: न्यूजगृह
गुरु बराल एमाले उपाध्यक्षमा मनोनीत

काठमाडौं— नेकपा एमालेले रिक्त उपाध्यक्ष पदमा गुरु बराललाई मनोनीत गरेको छ। 

बिहीबार बसेको एमाले सचिवालय बैठकले बराललाई उपाध्यक्षमा मनोनीत गरेको महासचिव शङ्कर पोखरेलले जानकारी दिए। 

त्यस्तै एमालेले दुई जनालाई स्थायी कमिटी सदस्यमा मनोनीत गरेको छ। बैठकले नेता  मुकुन्द न्यौपाने र लीलानाथ श्रेष्ठलाई स्थायी कमिटी सदस्यमा मनोनीत गरेको हो।
 

प्रकाशित मिति: बिहीबार, साउन १७, २०८१  १६:२५
Weather Update