एमालेको केन्द्रीय सचिवालय बैठक सुरुबिहीबार, साउन १७, २०८१

टीआरसी विधेयकमा तीन दलबीच सहमति बिहीबार, साउन १७, २०८१ सङ्क्रमणकालीन न्याय सम्बन्धी विधेयकमा सहमति जुटेको छ। बिहीबार सिंहदरबारस्थित गृहमन्त्रालयमा बसेको संयन्त्र बैठकले सङ्क्रमणकालीन न्याय सम्बन्धी विधेयकमाथि मिल्न बाँकी विषयमा सहमति जुटेको हो।

राप्रपाका जिल्ला अध्यक्षहरूको भेला आजदेखि बिहीबार, साउन १७, २०८१ राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का जिल्ला अध्यक्षहरूको भेला आजदेखि काठमाडौंमा सुरु हुँदै छ।आज र भोलि धुम्बाराहीस्थित एक ब्याङ्क्वेटमा हुने जिल्ला अध्यक्षहरूको भेलाको उद्घाटन अध्यक्ष राजेन्द्र लिङदेनले गर्ने कार्यक्रम रागेको छ।

सङ्क्रमणकालीन न्यायसम्बन्धी कार्यदलको बैठक सिंहदरबारमा सुरु बिहीबार, साउन १७, २०८१ सङ्क्रमणकालीन न्याय सम्बन्धित गठित कार्यदलको बैठक सुरु भएको छ। सिंहदरबारस्थित गृह मन्त्रालयमा बैठक सुरु भएको गृहमन्त्रीको सचिवालयले जानकारी दिएको छ।
-1719918594.jpg)
एमालेको सचिवालय बैठक बस्दै बिहीबार, साउन १७, २०८१ नयाँ कार्य विभाजनको आधार केन्द्रीय सदस्यलाई प्रदेश सभा र सङ्घीय निर्वाचन क्षेत्रको जिम्मेवारी दिने, प्रदेशका सदस्यलाई पालिका, जिल्ला सदस्यले वडा र पालिकाले टोललाई कार्यक्षेत्र बनाउने गरी मापदण्ड तोकेको छ। त्यस्तै एमालेले विभिन्न इन्चार्ज र विभागको नेतृत्व समेत परिवर्तन गर्ने समेत बताइएको छ ।

सरकारी निवासमा पार्टीका कुनै पनि बैठक नराख्ने प्रधानमन्त्रीको घोषणा बिहीबार, साउन १७, २०८१ बिहीबार बिहान सामाजिक सञ्जाल फेसबुकमा जानकारी दिँदै उनले आफ्नो स्वास्थ्य अवस्थाले साथ दिएसम्म कुनै पनि पार्टीका बैठक सरकारी निवास बालुवाटारमा नराख्ने घोषणा गरेका हुन्।

नवनियुक्त प्रदेश प्रमुखको शपथ आज बिहीबार, साउन १७, २०८१ शपथ कार्यक्रम राष्ट्रपति निवास शीतलनिवासमा साँझ पाँच बजेका लागि तय गरिएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार संविधानको धारा १६३ को उपधारा २ बमोजिम बागमती प्रदेशमा दीपकप्रसाद देवकोटा, लुम्बिनी प्रदेशमा कृष्णबहादुर घर्तीमगर र कर्णाली प्रदेश प्रमुखमा यज्ञराज जोशीलाई नियुक्त गरेका थिए।

गण्डकी प्रदेश सरकारलाई दीर्घकालीन असर पर्ने निर्णय नलिन एमालेको आग्रह बुधबार, साउन १६, २०८१ एमाले गण्डकीका सचिव धनञ्जय दवाडीले बुधबार विज्ञप्ति निकालेर प्रदेश सरकारमा एमालेको संलग्नता नभइ दीर्घकालीन असर पुग्ने निर्णय गरिएकोमा ध्यानाकर्षण भएको जनाए।
![मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक [सूचीसहित]](https://newsgriha.com/uploads/posts/520X390/ps-gurung-1-1722440111.jpg)
मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक [सूचीसहित] बुधबार, साउन १६, २०८१ सरकारले मन्त्रिपरिषद् बैठकले गरेको निर्णय सार्वजनिक गरेको छ। सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले बुधबार नियमित पत्रकार सम्मेलनमार्फत सोमबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गरेका हुन्।

१८ देशमा राजदूत सिफारिसः कुन देशमा को?, हेर्नुहोस् सूची बुधबार, साउन १६, २०८१ सरकारले विभिन्न १८ देशमा नयाँ राजदूत सिफारिस गरेको छ।सोमबार बसेको मन्त्रिपरिषद् बैठकले भारत, अमेरिका, बेलायत, चीन, अष्ट्रेलियालगायत १८ देशमा नयाँ राजदूत सिफारिस गरेको हो।

केन्द्रीय कमिटीको टुङ्गो लगाउन एकीकृत समाजवादीले बनायो कार्यदल बुधबार, साउन १६, २०८१ नेकपा एकीकृत समाजवादीले केन्द्रीय कमिटी र केन्द्रीय आयोगको सङ्ख्या, नाम र मनोनयनका बारेमा गृहकार्य गर्न तीन सदस्यीय कार्यदल गठन गरेको छ। बुधबार बसेको केन्द्रीय कमिटीको बैठकले अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल र महासचिव घनश्याम भुसाल रहेको कार्यदल गठन गरेको हो।

सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले शुक्रबार विश्वासको मत लिने बुधबार, साउन १६, २०८१ सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले शुक्रबार विश्वासको मत लिने भएका छन्।बुधबार प्रदेश सभा सचिवालयलाई पत्र पठाएर मुख्यमन्त्री सोडारीले विश्वासको मत लिन बैठक व्यवस्थापन पनि गरिदिन आग्रह गरेका छन्।

आगामी निर्वाचनमा एक्लै लड्नेगरी तयारी गर्ने माओवादी केन्द्रको निर्णय मंगलबार, साउन १५, २०८१ नेकपा माओवादी केन्द्रले आगामी निर्वाचनमा एक्लै लड्नेगरी तयारी गर्ने निर्णय गरेको छ।पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा मङ्गलबारको बसेको पदाधिकारी बैठकले उक्त निर्णय गरेको पार्टी प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए।