News Griha :: न्यूजगृह
सङ्क्रमणकालीन न्यायसम्बन्धी कार्यदलको बैठक सिंहदरबारमा सुरु

काठमाडौं— सङ्क्रमणकालीन न्याय सम्बन्धित गठित कार्यदलको बैठक सुरु भएको छ। सिंहदरबारस्थित गृह मन्त्रालयमा बैठक सुरु भएको गृहमन्त्रीको सचिवालयले जानकारी दिएको छ।

कार्यदलमा नेपाली कांग्रेसबाट गृहमन्त्री रमेश लेखक, एमालेबाट मुख्य सचेतक महेश बर्तौला र माओवादी केन्द्रबाट उपमहासचिव जनार्दन शर्मा छन् । 

कार्यदलमा अहिलेसम्म भएका छलफलको मस्यौदा तयार परेर त्यसमाथि छलफल केन्द्रित गर्ने गरि गत सोमबारको बैठक सकिएको थियो। 

कार्यदलले पीडितमैत्री, सर्वोच्चको फैसला र अन्तर्राष्ट्रिय कानूनलाई आधार बनाएर विधेयकमा सहमति जुटाउने प्रयास गरिरहेको छ । कार्यदलले सहमति गरेपछि सो प्रतिवेदन शीर्ष नेताहरूलाई बुझाउने बताइएको छ। 

प्रकाशित मिति: बिहीबार, साउन १७, २०८१  ०९:०६
Weather Update