News Griha :: न्यूजगृह
एमालेको केन्द्रीय सचिवालय बैठक सुरु

काठमाडौं— नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक सुरु भएको छ।

काठमाडौंको हनुमानस्थानस्थित होटल बसेरामा केहीबेरअघिदेखि बैठक सुरु भएको हो। बुधबार बिहान भएको वर्षाले ललितपुरको च्यासलस्थित पार्टी कार्यालयमा बाढी पसेपछि एमालेको सचिवालय बैठक होटलमा गरिएको छ।   

बैठकले केन्द्रीय नेताहरूको कार्यविभाजन गर्ने भएको छ। यसअघि असार २६ गते बसेको सचिवालय बैठकले पार्टीका केन्द्रीय नेताहरूको कार्यविभाजन हेरफेर गर्ने निर्णय गरेको थियो। 

नयाँ कार्य विभाजनको आधार केन्द्रीय सदस्यलाई प्रदेश सभा र सङ्घीय निर्वाचन क्षेत्रको जिम्मेवारी दिने, प्रदेशका सदस्यलाई पालिका, जिल्ला सदस्यले वडा र पालिकाले टोललाई कार्यक्षेत्र बनाउने गरी मापदण्ड तोकेको छ। 

त्यस्तै एमालेले विभिन्न इन्चार्ज र विभागको नेतृत्व समेत परिवर्तन गर्ने समेत बताइएको छ।

प्रकाशित मिति: बिहीबार, साउन १७, २०८१  १३:०५
Weather Update