News Griha :: न्यूजगृह
राप्रपाका जिल्ला अध्यक्षहरूको भेला आजदेखि

काठमाडौं— राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का जिल्ला अध्यक्षहरूको भेला आजदेखि काठमाडौंमा सुरु हुँदै छ।

आज र भोलि धुम्बाराहीस्थित एक ब्याङ्क्वेटमा हुने जिल्ला अध्यक्षहरूको भेलाको उद्‌घाटन अध्यक्ष राजेन्द्र लिङदेनले गर्ने कार्यक्रम रागेको छ।

भेलामा ७७ वटै जिल्लाका अध्यक्षले आफ्नो जिल्लाको साङ्गठनिक प्रतिवेदन पेस गर्ने कार्यक्रम रहेको छ। भेलामा पार्टीको समग्र साङ्गठनिक अवस्थाको समीक्षा गर्नुका साथै आगामी रणनीति तय गरिने कार्यसूची रहेको छ।

भेलामा पार्टी अध्यक्ष लिङ्देनले पार्टीको नीति, विचार, सिद्धान्तलगायत रणनीति र आगामी कार्ययोजनाबारे जिल्ला अध्यक्षहरूलाई ब्रिफिङ गर्नेछन् भने पार्टीका शीर्ष नेताहरूले सङ्गठनका विविध पक्षमा जिल्ला अध्यक्षसँग सामूहिक छलफल गर्ने कार्यक्रम रहेको राप्रपाले जनाएको छ।

प्रकाशित मिति: बिहीबार, साउन १७, २०८१  ०९:४०
Weather Update