News Griha :: न्यूजगृह
माओवादीलक्षित गोकुल बास्कोटाको टिप्पणी : सत्ताबाट हट्दाको पीडा नपोखौँ
माओवादीलक्षित गोकुल बास्कोटाको टिप्पणी : सत्ताबाट हट्दाको पीडा नपोखौँ  सत्तारुढ नेकपा (एमाले) सांसद गोकुल बास्कोटाले नेकपा माओवादी केन्द्रलाई सत्ताबाट हट्नुपर्दाको पीडा नओकल्न आग्रह गरेका छन्।
समावेशी प्रतिनिधित्व संविधानमा लेखेर नहुँदो रहेछ...
समावेशी प्रतिनिधित्व संविधानमा लेखेर नहुँदो रहेछ... 'समावेशी प्रतिनिधित्व संविधानमा लेखेर मात्रै हुँदो रहेनछ, नेतृत्वको दृढ इच्छाशक्ति भयो भने संविधानमा नलेखे पनि हुँदो रहेछ भन्ने उदाहरण २०१५ सालको संसदीय निर्वाचन र २०१६ कोे मन्त्रिमण्डललाई लिन सकिन्छ,' उनले भनिन्, 'पहिलो आम निर्वाचनपछिको १९ सदस्यीय मन्त्रिमण्डलमा छ जनजाति, दुई मधेसी, थारू र महिला एक–एक जना हुनुहुन्थ्यो।' 
यी हुन् प्रधानमन्त्री ओलीले सचिवहरूलाई दिएका २५ बुँदे निर्देशन 
यी हुन् प्रधानमन्त्री ओलीले सचिवहरूलाई दिएका २५ बुँदे निर्देशन  प्रधानमन्त्री केपी शर्मा ओलीले मङ्गलबार सिंहदरबारमा निर्देशन दिँदै सरकारका काम प्रभावकारी रुपमा गर्न भनेका छन्। उनले कार्यालय समयमा काम नगर्ने र समय सकिएपछि बैठक गरेर भत्ता लिने प्रवृत्ति अन्त्य गर्न निर्देशन दिएका छन्।
म रक्षामन्त्री भएका बेला भ्रष्टाचार गरेका प्रधानसेनापतिलाई जागिरबाट निकालिदिएँ : माधव नेपाल
म रक्षामन्त्री भएका बेला भ्रष्टाचार गरेका प्रधानसेनापतिलाई जागिरबाट निकालिदिएँ : माधव नेपाल २०४८ साल जेठ १ गतेदेखि २०५२ साल वैशाख २१ गतेसम्म गडुल शमशेर राणा प्रधानसेनापति थिए। भ्रष्टाचारको आरोप लागेपछि उनले पदबाट राजीनामा दिएका थिए।पूर्व प्रधानमन्त्री नेपाल २०५१ सालमा मनमोहन अधिकारी नेतृत्वको सरकारमा उपप्रधान, रक्षा तथा परराष्ट्रमन्त्री थिए।
सचिवहरूलाई निर्देशन दिँदै प्रधानमन्त्रीले भने– ‘सरकार ढल्ने त के ढलपल पनि हुँदैन’
सचिवहरूलाई निर्देशन दिँदै प्रधानमन्त्रीले भने– ‘सरकार ढल्ने त के ढलपल पनि हुँदैन’ नेपालका सरकारका सचिवहरूलाई मङ्गलबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा निर्देशन दिँदै प्रधानमन्त्री ओलीले अघिल्लो सरकारबाट काम हुन नसकेको र जनतामा निराशा छाएकाले दुई प्रमुख पार्टीको अगुवाईमा सरकार परिवर्तन गर्नुपरेको उल्लेख गरे।
दुई वर्ष पुग्नुभन्दा एक दिनअघि राजीनामा दिन्छु : प्रधानमन्त्री
दुई वर्ष पुग्नुभन्दा एक दिनअघि राजीनामा दिन्छु : प्रधानमन्त्री प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सचिवहरूलाई निर्देशन दिँदै प्रधानमन्त्री ओलीले अघिल्लो सरकारबाट जनचाहनाअनुसार काम हुन नसकेको र जनतामा निराशा छाएकाले दुई प्रमुख पार्टीको अगुवाइमा सरकार परिवर्तन गर्नुपरेको आफूले सदनमा विश्वासको मत माग्ने क्रममा पनि स्पष्ट पारिसकेको स्मरण गराए। 
राजदूत सिफारिसमा समावेशीतालाई ख्याल नगरिएको भन्दै सांसदले उठाए प्रश्न
राजदूत सिफारिसमा समावेशीतालाई ख्याल नगरिएको भन्दै सांसदले उठाए प्रश्न सरकारले विभिन्न १८ वटा देशमा राजदूत सिफारिस गर्दा समावेशीतालाई ख्याल नगरिएको भन्दै प्रतिनिधि सभामा प्रश्न उठेको छ। मङ्गलबार प्रतिनिधि सभामा आकस्मिक समय लिएर बोल्दै सांसद जीवन परियारले समावेशिताको विषय संविधानमै रहेको स्मरण गराए।
कोशीमा मन्त्री छान्न कांग्रेसभित्र सकस
कोशीमा मन्त्री छान्न कांग्रेसभित्र सकस विराटनगरमा बसेको कोशी प्रदेश समितिको बैठकले प्रदेश सरकारमा सहभागी हुने मन्त्रीको नाम छान्न नसकेपछि जातीयता, लैङ्गिकता, भौगोलिकता र कार्यक्षमताका आधारमा मन्त्री छान्न केन्द्रलाई सिफारिस गरेको छ।
प्रधानमन्त्री ओलीले सबै सचिवलाई बोलाए, आवश्यक निर्देशन दिने
प्रधानमन्त्री ओलीले सबै सचिवलाई बोलाए, आवश्यक निर्देशन दिने प्रधानमन्त्री केपी शर्मा ओलीले आज उपसचिवहरूलाई आवश्यक निर्देशन दिने भएका छन्। गत आइतबार ६ घण्टा सबै सचिवहरूसँग छलफल गरेका प्रधानमन्त्री ओलीले नागरिकलाई छिटो सेवा प्रवाह र विकासका कामलाई कसरी अगाडि बढाउन सकिन्छ भन्ने बारेमा राय लिएका थिए।
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची दिउँसो १ बजे बस्ने बैठकमा सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण सम्बन्धी पत्र पढेर सुनाउने सम्भावित कार्यसूची छ।
बागमतीका मुख्यमन्त्री लामाले आज विश्वासको मत लिँदै
बागमतीका मुख्यमन्त्री लामाले आज विश्वासको मत लिँदै नेकपा एमाले र नेपाली कांग्रेस गठबन्धनबाट लामा ८ साउनमा मुख्यमन्त्री नियुक्त भएका थिए। लामाले आज विश्वासको मत लिने पत्र प्रदेशसभा सचिवालयमा साउन १३ मा दर्ता गराएका थिए। विश्वासको मत लिने प्रयोजनका लागि  प्रदेश सभाको बैठक आज दिउँसो तीन बजेका लागि बोलाइएको छ।
१८ देशमा नयाँ राजदूत सिफारिस, भारतमा शंकर शर्मा नै निरन्तर
१८ देशमा नयाँ राजदूत सिफारिस, भारतमा शंकर शर्मा नै निरन्तर मन्त्रिपरिषद् बैठकले १८ देशमा राजदूत सिफारिस गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले  राजदूत नियुक्ति सिफारिसको निर्णय गरेको एक मन्त्रीले जानकारी दिए। उनका अनुसार भारतका लागि नेपाली राजदूतमा भने शंकर शर्मालाई नै निरन्तरता दिइएको छ।
Weather Update