मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक [सूचीसहित]
![मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक [सूचीसहित]](https://newsgriha.com/uploads/posts/ps-gurung-1-1722440111.jpg)
काठमाडौं— सरकारले मन्त्रिपरिषद् बैठकले गरेको निर्णय सार्वजनिक गरेको छ। सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले बुधबार नियमित पत्रकार सम्मेलनमार्फत सोमबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गरेका हुन्।
मन्त्री गुरुङका अनुसार सोमबारको मन्त्रिपरिषद् बैठकले ५ देशका राजदूत फिर्ता, १८ देशमा राजदूत नियुक्ति सिफारिस र २२ सचिवहरूको सरुवा गर्ने निर्णय गरेको छ। यसैगरी बागमती, लुम्बिनी र कर्णालीका प्रदेश प्रमुख बर्खास्त गरी नयाँ प्रदेश प्रमुखको सिफारिस गरेको छ।
सरकारले १५ जिल्लाका पौने ३ लाख गरिब घरपरिवारको अन्तिम सूची मन्त्रिपरिषद्बाट स्वीकृत गरेको छ।
यसैगरी मन्त्रिपरिषद् बैठकले नेपाली सेनाको कामु प्रधानसेनापतिमा रथी अशोकराज सिग्देललाई जिम्मेवारी तोकेको मन्त्री गुरुङले बताए।
प्रकाशित मिति: बुधबार, साउन १६, २०८१ २१:२०