रास्वपालाई रवि लामिछाने क्लबबाट बाहिर ल्याउनुपर्छ: मुकुल ढकाल

काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का निलम्बित महामन्त्री डा मुकुल ढकालले पार्टी सदस्य एवं शुभचिन्तकहरु लाई सम्बोधन गर्दै रवि लामिछाने क्लबबाट पार्टीलाई अलग गराउन अपिल गरेका छन्।
सामाजिक सञ्जालमार्फत ढकालले जबाफदेहिता र नैतिकताको मूलमन्त्र सहित होमिनुपर्ने बताउँदै लामिछाने क्लबबाट रास्वपालाई बाहिर ल्याउन तीन सुझाव दिएका छन्।
उनले राष्ट्रियता, पारदर्शिता र जबाफदेहिता तथा वैकल्पिक शक्तिको एकीकरण गरेर रास्वपाको आफ्नो अस्तित्व कायम गर्नुपर्ने बताएका छन्।
प्रकाशित मिति: शुक्रबार, साउन १८, २०८१ १०:४३