News Griha :: न्यूजगृह
भारतीय विदेश सचिव आइतबार नेपाल आउने

काठमाडौं— भारतीय विदेश सचिव विक्रम मिश्री दुई दिने नेपाल भ्रमणका लागि आइतबार आउने भएका छन्।

परराष्ट्र सचिव सेवा लम्सालको निमन्त्रणमा मिश्री नेपाल आउन लागेका हुन्।

भ्रमणका क्रममा उनले नेपाल–भारतको सम्बन्ध विस्तार र द्विपक्षीय सहमतिका विविध विषयमा छलफल गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ। 

उनी साउन २८ मा भारत फर्किने छन्।

प्रकाशित मिति: शुक्रबार, साउन २५, २०८१  २०:२४
Weather Update