News Griha :: न्यूजगृह
कांग्रेसका दुई मन्त्रीको वरियता हेरफेर, पौडेल भन्दा पाण्डे अगाडि
मन्त्रिपरिषद् बैठक। फाइल तस्बिर

काठमाडौं— मन्त्रिपरिषद्मा दुई मन्त्रीको वरियता हेरफेर भएको छ।

केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषद्मा संस्कृति, पर्यटन, तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डे र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलको वरियता हेरफेर भएको हो।

यसअघि असार ३१ मा गठित मन्त्रिपरिषद्मा पौडेल १४ औं, अजयकुमार चौरसिया १५ औं र पाण्डे १६ औं वरियतामा थिए।

कांग्रेस सहमहामन्त्रीसमेत रहेका पाण्डेलाई १४ औं वरियतामा राखेर पौडेललाई १६औं मा राखेर प्रधानमन्त्री ओलीले वरियता हेरफेर गरेका हुन्। तर कांग्रेस केन्द्रीय सदस्य मात्र रहेकी आरजु राणा भने वरियताको सातौँ नम्बरमा छन्।

प्रकाशित मिति: बिहीबार, साउन २४, २०८१  १३:४९
Weather Update