रास्वपाले बोलायो संसदीय दलको बैठक

काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसदीय दलको बैठक बोलाएको छ। मंगलबार बिहान साढे १० बजे बैठक बोलाइएको छ।
बैठकमा छलफलका लागि पाँच एजेण्डा रहेको कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए। रास्वपा संसदीय दलको कार्यालय सिंहदरबारमा बस्ने बैठकमा समसामयिक, राजनीतिक घटनाक्रमका बारेमा छलफल हुनेछ।
बैठकमा छलफलका थप एजेण्डामा प्रस्तावित जलन सम्बन्धी गैरसरकारी विधेयक, प्रतिनिधि सभाको बैठक र समितिमा छलफल भइरहेको विधेयकहरू सम्बन्धी, कानुन, न्याय तथा मानव अधिकार समितिबाट सर्वसम्मतिले सदनमा पठाइएको संक्रमणकालिन न्याय सम्बन्धी विधेयक र विविध छन्।
प्रकाशित मिति: सोमबार, साउन २८, २०८१ १४:२०