टीआरसी विधेयक प्रतिनिधिसभाबाट पारितबुधबार, साउन ३०, २०८१

माधव नेपालले भने– ‘नेपालमा दुई दलीय व्यवस्था आउन दिँदैनौँ’ बुधबार, साउन ३०, २०८१ नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले २०५४ सालदेखि नै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग युद्धसँग जोडिएका विषयमा लगातार संवाद भएको खुलासा गरेका छन्।बुधबार संसद्मा टीआरसी विधेयकमाथिको छलफलका क्रममा पूर्वप्रधानमन्त्री समेत रहेका नेपालले २०५६ मा पटनामा पहिलो पटक प्रचण्डसँग बैठक बसेको बताए।

प्रचण्डको प्रस्ताव– ‘परिवर्तन ल्याउने सबै राजनीतिक दलहरू समझदारीकासाथ अघि बढौँ’ बुधबार, साउन ३०, २०८१ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले परिवर्तन ल्याउने सबै राजनीतिक दलहरू समझदारीकासाथ अघि बढ्नुपर्ने बताएका छन्।बुधबार प्रतिनिधि सभा बैठकमा सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विधेयकबारे सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

भदौ ४ गते विश्वासको मत लिँदै लुम्बिनीका मुख्यमन्त्री आचार्य बुधबार, साउन ३०, २०८१ लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले आगामी भदौ ४ गते विश्वासको मत लिने भएका छन्।लुम्बिनी प्रदेशसभाको चौथो अधिवेशनको २५ औं बैठकमा मुख्यमन्त्री आचार्यले विश्वासको मत लिने कार्यसूची रहेको प्रदेशसभाका सचिव दुर्लभ पुन मगरले जानकारी दिए।
-1719237456.jpg)
कानुन आफैँले न्याय दिने होइन, यसका लागि संरचना चाहिन्छः रवि लामिछाने बुधबार, साउन ३०, २०८१ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने राजनीति दाउपेचकै कारण शान्ति प्रक्रियाका महत्त्वपूर्ण काम सङ्क्रमणकालीन न्याय निरुपणलाई वर्षौंसम्म अल्झाइएको टिप्पणी गरेका छन्। टीआरसी विधेयकमाथि संसद्मा बुधबार भएको छलफलमा भाग लिँदै सभापति लामिछानेले राजनीति दाउपेचकै कारण शान्ति प्रक्रियाका महत्त्वपूर्ण काम वर्षौ अल्झाइएको टिप्पणी गरेका हुन्।

दलहरूले पूर्वराजालाई नोबेल पुरस्कारका लागि सिफारिस गर्नुपर्थ्यो : राजेन्द्र लिङ्देन बुधबार, साउन ३०, २०८१ राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्याउन योगदान गरेका पूर्वराजालाई दलहरूले नोबेल पुरस्कारका लागि सिफारिस गर्नुपर्ने बताएका छन्।राजा भनेर सम्बोधन गरेका उनले कसैको नाम त लिएनन्, तर पूर्वराजा ज्ञानेन्द्र शाहतर्फ सङ्केत गरेका हुन्।

'माओवादी जनयुद्ध' भन्नु पर्यो भने जातै जाला जस्तो गर्छनः प्रचण्ड बुधबार, साउन ३०, २०८१ ‘हिंसात्मक द्वन्द्व भनेर लेखेको देख्छु, माओवादी जनयुद्ध भनेर लेख्न र बोल्न पर्दा जातै जान्छ जस्तो गर्छन,’ प्रचण्डले भने, ‘माओवादी जनयुद्ध नभएको भए यो संसारकै नयाँ मोडेलको शान्ति प्रक्रिया सम्भव भएको हो।’

नेपालको शान्ति प्रक्रिया विश्वकै नमुना हो : प्रचण्ड बुधबार, साउन ३०, २०८१ राजतन्त्रको अन्त्य र संविधानसभाबाट नयाँ संविधानमार्फत राजनीतिक उपलब्धि प्राप्त भएको भन्दै फौजी पाटोलाई पनि सरल ढङ्गले स्थापित गरेको बताए। सेना समायोजन र हतियार व्यवस्थापन पेचिलो भए पनि नेतृत्वले जोखिम उठाएर जनताको विश्वास नजितेको भए हतियार र सेना समायोजन सम्भव नहुने पनि अवस्था रहेको बताए। उनले ११ राति कुनै खुनखराब त्यो...

मुकुललाई रास्वपाले सोध्यो २४ घण्टे स्पष्टीकरण बुधबार, साउन ३०, २०८१ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले महामन्त्रीबाट हटाएका मुकुल ढकाललाई स्पष्टीकरण सोधेको छ। ढकाललाई साधारण सदस्यबाट निष्कासन किन नगर्ने? भनी जवाफ पठाउन पार्टीले पत्र पठाएको छ।

सङ्क्रमणकालीन न्याय सम्बन्धी विधेयक अन्तर्राष्ट्रिय मापदण्ड अनुसार छ : देउवा बुधबार, साउन ३०, २०८१ पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सङ्क्रमणकालीन न्याय सम्बन्धी संशोधन गर्न बनेको विद्येयक अन्तर्राष्ट्रिय मापदण्ड अनुसार भएको बताएका छन्।बुधबार प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै उनले भने, ‘यो विधेयक हाम्रो प्रचलित कानुन, सर्वोच्चको फैसला र अन्तर्राष्ट्रिय मापदण्ड अनुरूपको भएको छ।’

लोकतन्त्रविरुद्धका प्रवृत्ति देखा पर्दैछन्, सरकार सजग छ : प्रधानमन्त्री बुधबार, साउन ३०, २०८१ प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्रविरुद्धका केही प्रवृत्ति देखा परेको उल्लेख गर्दै त्यस्ता प्रवृत्तिप्रति सरकार सजग रहेको बताएका छन्।

सङ्क्रमणकालीन न्यायमा सहमति शान्ति पक्षधरका लागि खुसीको विषय: प्रधानमन्त्री ओली बुधबार, साउन ३०, २०८१ प्रधानमन्त्री केपी शर्मा ओलीले शान्ति प्रक्रिया थालनी भएको १८ वर्षपछि सङ्क्रमणकालीन न्यायसम्बन्धी कानुनमा सहमति हुनु शान्तिका पक्षधरहरूका लागि खुसीको विषय भएको बताएका छन्।

संसद्मा आज दलका शीर्ष नेताले सम्बोधन गर्ने बुधबार, साउन ३०, २०८१ सरकारले सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक संसदबाट आजै पारित गर्ने भएको छ। दिउँसो १ बजे बस्ने प्रतिनिधिसभा बैठकमा विधेयकमाथि छलफल सकेर आजै पारित गर्नका लागि निर्णयार्थ पेस गरिने संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिए।