
काठमाडौं— प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्रविरुद्धका केही प्रवृत्ति देखा परेको उल्लेख गर्दै त्यस्ता प्रवृत्तिप्रति सरकार सजग रहेको बताएका छन्।
प्रतिनिधिसभाको बुधबारको बैठकमा उनले समसामयिक विषयहरूमा सम्बोधन गर्दै प्रणालीभन्दाका बाहिरका प्रवृत्तिबारे उल्लेख गरेका हुन्।
‘लोकतन्त्रका विरुद्धमा केही प्रवृत्तिमा देखिन थालेका छन्। हामीले छानेको प्रणालीको के बनाउने भन्दा प्रणालीभन्दा बाहिरका प्रवृत्तिहरू, समाजिक सभ्यता, शिष्टताहरूलाई नैतिकताका बन्धन, इमानका बन्धनलाई ख्याल नगर्ने यस्ता प्रवृत्तिबाट हामी सजग रहनुपर्छ,’ प्रधानमन्त्री ओलीले भने, ‘विभिन्न ढङ्गले भड्काउन खोजिएको छ। केही कमीकमजोरी होलान्। केही वाञ्छित उपलब्धि हासिल नभएका होलान्। तर यसका प्रणालीको विरुद्ध जाने प्रवृत्ति देखिन्छ। सरकार यस मामिलामा सजग छ। हामीले लोकतन्त्रका लागि लडेका हौँ। बलिदानका दिएका हौँ। बलिदान भनेको ख्यालख्याल कुरा होइन।’