यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णयहरूशुक्रबार, साउन ३२, २०८१

एकीकृत समाजवादीले बोलायो केन्द्रीय कमिटी बैठक शुक्रबार, साउन ३२, २०८१ नेकपा एकीकृत समाजवादीले केन्द्रीय कमिटीको बैठक बोलाएको छ।आगामी भाद्र ९, १० र ११ गते बिहान ११ बजे काठमाडौँमा बैठक डाकिएको महासचिव घनश्याम भुसालले जानकारी दिएका छन्।

अस्ट्रेलियाका लागि राजदूतमा सिफारिस रिजालको नाम फिर्ता शुक्रबार, साउन ३२, २०८१ अस्ट्रेलियाका लागि नेपाली राजदूतमा सिफारिस कान्ता रिजालको नाम फिर्ता भएको छ। रिजालले इजरायलको राजदूत रहेका बेला नेपालबाट लगेका एकजना सहयोगीलाई उतै छाडेर आएको उजुरीपछि उनको नाम फिर्ता भएको स्रोतले जानकारी दिएको छ।

परराष्ट्र सचिव लम्साललाई बेल्जियमका लागि राजदूतमा सिफारिस शुक्रबार, साउन ३२, २०८१ परराष्ट्र मन्त्रालयकी सचिव सेवा लम्साललाई बेल्जियमका लागि नेपाली राजदूतमा सिफारिस गरेको छ।
-1722959836.jpg)
पार्टी फुट्ने हल्ला चलाइयो, आशङ्का र भ्रम चिरिएः प्रचण्ड बिहीबार, साउन ३१, २०८१ नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पार्टी फुट्छ भन्ने हल्ला बिल्कुल निराधार भएको टिप्पणी गरेका छन्।

संसदीय सुनुवाइ समितिको सभापतिमा ईश्वरी न्यौपाने निर्विरोध निर्वाचित बिहीबार, साउन ३१, २०८१ संसदीय सुनुवाइ समितिको सभापतिमा ईश्वरीदेवी न्यौपाने निर्विरोध निर्वाचित भएकी छन्।संघीय संसद्, संसदीय सुनुवाइ समितिको आज बसेको बैठकमा सभापति निर्वाचनमा उनी निर्वाचित भएकी हुन्।

राष्ट्रिय परिचयपत्रलाई थप व्यवस्थित बनाउन राष्ट्रियसभा सदस्यको माग बिहीबार, साउन ३१, २०८१ राष्ट्रियसभाको आजको बैठकमा सांसदहरुले सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विधेयकमा राजनीतिक सहमति भएकामा प्रसन्नता व्यक्त गरेका छन्। यस्तै, उनीहरुले मुलुकको पछिल्लो राजनीतिक अवस्था एवम् राष्ट्रिय तथा स्थानीय समस्याका बारेमा सरकारको ध्यानाकर्षण गराएका छन्।

हदम्याद र अख्तियारले मुद्दा दायर गर्दैमा निलम्बन हुने व्यवस्थामा छलफल गरियोस्ः प्रचण्ड बिहीबार, साउन ३१, २०८१ प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भ्रष्टाचार निवारण ऐन २०५९ लाई संशोधन गर्न बनेको विधेयकमा प्रस्ताव गरिएको भ्रष्टाचार मुद्दा दायर गर्नका लागि ५ वर्षे हदम्याद राख्ने र अख्तियारले अदालतमा मुद्दा दायर गर्दैमा निलम्बन हुने व्यवस्थामा छलफल गरेर निष्कर्ष निकाल्नुपर्ने बताएका छन्।
-1719492502.jpg)
रविलाई मुकुलका ३ प्रतिप्रश्न बिहीबार, साउन ३१, २०८१ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महामन्त्री पदबाट हटाइएका डा मुकुल ढकालले नैतिक धरातलमा उभिएको पुष्टि गर्न पार्टी सभापति रवि लामिछानेलाई चुनौती दिएका छन्।पार्टीले साउन ३० गते सोधेको स्पष्टीकरणको जवाफ दिने क्रममा ढकालले उल्टै प्रतिप्रश्न गर्दै लामिछानेमाथि आफूले उठाएका प्रश्नहरू सत्यमा आधारित रहेको जिकिरसमेत गरेका छन्।

दुईवटा संयुक्त संसदीय समितिका सभापति आज चयन हुँदै बिहीबार, साउन ३१, २०८१ सङ्घीय संसद्को दुईवटा संयुक्त समितिका सभापति आज चयन गरिँदै छ।संसदीय सुनुवाइ समिति र राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन, अनुगमन तथा मूल्याङ्कन समितिको सभापति आज चयन गर्न लागिएको हो।

माओवादी स्थायी समिति बैठकमा अध्यक्ष प्रचण्डले आज जवाफ दिने बिहीबार, साउन ३१, २०८१ नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठकमा आज अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जवाफ दिँदै छन्। त्यसका लागि आज बिहान ११ बजे केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक बोलाइएको छ।

राष्ट्रियसभामा आज प्रश्नोत्तरः प्रधानमन्त्रीसहित यी मन्त्रीले दिँदैछन् जवाफ बिहीबार, साउन ३१, २०८१ संघीय संसद्अन्तर्गत राष्ट्रियसभामा आज प्रश्नोत्तरको कार्यक्रम छ। दिउँसो सवा १ बजे बस्ने बैठकमा प्रधानमन्त्री, गृह, उर्जा र संस्कृतिमन्त्रीले जवाफ दिने कार्यसूची छ।

१८ वर्षपछि शान्ति प्रक्रिया निष्कर्षोन्मुख बुधबार, साउन ३०, २०८१ युद्ध त्यागेर माओवादी प्रतिस्पर्धात्मक राजनीतिमा आएपछि सुरु भएको शान्ति प्रक्रिया १८ वर्षपछि निष्कर्षोन्मुख बनेको छ। २०६३ मंसिर ५ मा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच विस्तृत शान्ति सम्झौतामा हस्ताक्षर भएपछि सुरु भएको शान्ति प्रक्रियासम्बन्धी विधेयक बुधबार प्रतिनिधिसभाबाट पारित भएसँगै टुङ्गोमा पुग्न लागेको हो।