News Griha :: न्यूजगृह
दुईवटा संयुक्त संसदीय समितिका सभापति आज चयन हुँदै

काठमाडौं— सङ्घीय संसद्को दुईवटा संयुक्त समितिका सभापति आज चयन गरिँदै छ।

संसदीय सुनुवाइ समिति र राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन, अनुगमन तथा मूल्याङ्कन समितिको सभापति आज चयन गर्न लागिएको हो।

समितिका सभापतिका लागि बुधबार नै उम्मेदवारी दर्ता भइसकेको छ। संसदीय सुनुवाइ समितिमा कांग्रेसकी ईश्वरीदेवी न्यौपाने र राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन, अनुगमन तथा मूल्याङ्कन समितिमा एमालेका ठाकुर गैरेले उम्मेदवारी दर्ता गराएका छन्।

दुवै समितिको बैठक आज दिउँसो तीन बजे छुट्टाछुट्टै बस्दैछ। दुवै समितिको सभापतिका लागि एकल उम्मेदवारी परेकोले उनीहरु आजै निर्वाचित हुनेछन्।

हाल यी समितिका बैठक बस्दा ज्येष्ठ सदस्यको अध्यक्षतामा बस्ने गरेको छ।

सभामुख देवराज घिमिरेले गत मङ्गलबार दुवै समितिका सभापति चयनका लागि मिति तोकेका थिए।

प्रकाशित मिति: बिहीबार, साउन ३१, २०८१  १०:४२
Weather Update