स्वदेश फर्किँदै परराष्ट्रमन्त्री राणाबिहीबार, भदौ ६, २०८१

प्रतिनिधि सभामा आज प्रधानमन्त्रीसँग प्रश्नोत्तर बिहीबार, भदौ ६, २०८१ प्रतिनिधि सभाको बैठक बिहीबार बस्दैछ। दिउँसो १ बजे सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बस्ने बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग प्रश्नोत्तर हुने सम्भावित कार्यसूचीमा उल्लेख छ।प्रतिनिधि सभा नियमावली, २०७९ को परिच्छेद–९ यस्तो व्यवस्था छ। वर्णानुक्रमअनुसार सांसदहरूले प्रश्न सोध्दै आएका छन्।

प्रचण्डको ब्रिफिङ- पार्टी फुटको हल्ला खारेज भइसक्यो, मिडिया ट्रायल नगरौँ बुधबार, भदौ ५, २०८१ गत साउन २५ देखि ३१ गतेसम्म चलेको स्थायी समिति बैठकले प्रदेश परामर्श समितिको बैठक बस्ने निर्णय गरेअनुसार माओवादी केन्द्रको बागमती प्रदेशको परामर्श बैठक आजदेखि सुरु भएको छ। माओवादी केन्द्रले केन्द्रीय कमिटीको बैठक अघि सातै प्रदेशको परामर्श बैठक गर्ने भएको छ।

भ्रष्टाचार निवारणसम्बन्धी विधेयक चाँडो टुङ्ग्याऔँ : गृहमन्त्री बुधबार, भदौ ५, २०८१ गृहमन्त्री रमेश लेखकले भ्रष्टाचार निवारणसम्बन्धी ऐन, २०५९ लाई संशोधन गर्न बनेको विधेयकलाई चाँडै समितिबाट टुङ्ग्याइदिन आग्रह गरेका छन्। प्रतिनिधिसभा, राज्य व्यवस्था तथा सुशासन समितिको आजको बैठकमा उक्त विधेयकमाथिको छलफलका क्रममा उनले समितिको संशोधन सरकारलाई स्वीकार्य भएको बताए।

रास्वपाले स्थानीय तहको उपनिर्वाचनमा भाग लिने बुधबार, भदौ ५, २०८१ गत २०७९ वैशाख ३० गते सम्पन्न भएको स्थानीय तहको निर्वाचनपछि देशभर नगरपालिका प्रमुख र उपप्रमुख तथा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा वडाध्यक्ष गरी जम्मा ३४ पद रिक्त रहेको निर्वाचन आयोगले जनाएको छ।

पार्टीबाट निष्कासन अघि रास्वपाले मुकुल ढकाललाई अन्तिम पटक स्पष्टीकरण सोध्ने बुधबार, भदौ ५, २०८१ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पूर्व महामन्त्री डा मुकुल ढकाललाई पार्टीबाट निष्कासनअघि अन्तिम पटक स्पष्टीकरण सोध्ने निर्णय गरेको छ।बुधबार पार्टी कार्यालय वनस्थलीमा बसेको केन्द्रीय समिति बैठकले उनलाई अनुशासन आयोगमार्फत अन्तिम पटक स्पष्टीकरण सोध्ने निर्णय गरेको हो।

माओवादीको पदाधिकारी बैठक जारी, आजै प्रदेशस्तरीय परामर्श समितिको बैठक बुधबार, भदौ ५, २०८१ साउन ३१ गते सम्पन्न स्थायी समिति बैठकले केन्द्रीय समितिको पूर्ण बैठकको तयारीको लागि प्रदेशस्तरीय परामर्श समितिको बैठक बोलाउने निर्णय गरे अनुसार आज बागमती प्रदेशको बैठक बस्न लागेको हो।

रास्वपा केन्द्रीय समिति बैठक आज, यी १० विषयमा छलफल हुने बुधबार, भदौ ५, २०८१ स्थानीय तह निर्वाचन र राष्ट्रिय भेला लगायत विषयमा छलफल गर्न राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति बैठक बुधबार बस्दैछ।पार्टी केन्द्रीय कार्यालय चःमतीमा बिहान ८ बजेबाट सुरु हुने केन्द्रीय समिति बैठकमा १० वटा कार्यसूची तय गरिएको कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए।

माओवादी र एकीकृत समाजवादीलाई विश्वासमा लिएर संविधान संशोधन गर्छौं: देउवा मंगलबार, भदौ ४, २०८१ मंगलबार काठमाडौंमा आयोजित प्रदीप गिरिको दोस्रो स्मृति दिवसमा प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै सभापति देउवाले बाहिर हल्ला भएजस्तो कसैको दबाबमा आफूहरू नमिलेको स्पष्ट पर्दै माओवादी र एकीकृत समाजवादीलाई साथमा लिएर अगाडि बढ्ने बताएका हुन्।

लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत मंगलबार, भदौ ४, २०८१ लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशसभाबाट विश्वासको मत पाएका छन्।मंगलबार बसेको प्रदेश सभाको बैठकमा मुख्यमन्त्री आचार्यले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा ७० जना प्रदेश सभा सदस्यले मत दिए।

लुम्बिनीका मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै मंगलबार, भदौ ४, २०८१ आचार्यलाई सात वटा राजनीतिक दलले विश्वासको मत दिने भएका छन्। नेकपा एमालेका सांसद आचार्य नेपाली कांग्रेसको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएका हुन्। गत साउन ७ गते मुख्यमन्त्री नियुक्त हुँदा आचार्य एमाले संसदीय दलका उपनेता थिए। गत बसेको संसदीय दलको बैठकले आचार्यलाई संसदीय दलका नेतासमेत चयन गरिसकेको छ।

परराष्ट्रमन्त्री राणाले भारतका प्रधानमन्त्री मोदीसँग भेटिन्, दिइन् नेपाल भ्रमणको निम्तो सोमबार, भदौ ३, २०८१ परराष्ट्रमन्त्री आरजु राणा देउवाले प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपाल भ्रमणको निम्तो दिएकी छन्। भारतको औपचारिक भ्रमणमा रहेकी राणाले मोदीसँगको सोमबार बेलुकी भएको शिष्टाचार भेटवार्तामा प्रधानमन्त्री केपी शर्मा ओलीले पठाएको नेपाल भ्रमणको निमन्त्रणा हस्तान्तरण गरेकी हुन्।

जसपा नेपालले तोक्यो केन्द्रीय सदस्यका लागि कार्यादेश सोमबार, भदौ ३, २०८१ जनता समाजवादी पार्टी (जसपा) नेपालले आफ्ना अभियन्ता केन्द्रीय सदस्यका लागि कार्यादेश तोकेको छ। यही भदौ ९ गते आधारभूत सङ्गठन निर्माणको चारमहिने अभियानको उद्घाटन गर्न लागेको जसपाले केन्द्रीय अभियन्तालाई कार्यादेश तोकेको सो पार्टीका केन्द्रीय सदस्य पूर्ण बस्नेतले जानकारी दिए।