माओवादी केन्द्रको परामर्श बैठक जारीशनिबार, भदौ ८, २०८१

रिक्त पदाधिकारी चयन गर्न एकीकृत समाजवादीले बोलायो केन्द्रीय कमिटीको पूर्ण बैठक शनिबार, भदौ ८, २०८१ नेकपा एकीकृत समाजवादीले केन्द्रीय पदाधिकारीको टुङ्गो लगाउन केन्द्रीय कमिटीको पूर्ण बैठक आइतबार बस्ने भएको छ।पार्टीमा वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, उपमहासचिव, कोषाध्यक्षसहित १८ पदाधिकारी रिक्त रहेकाले त्यसलाई पूर्णता दिन बैठक आह्वान गरिएको केन्द्रीय सदस्य सोमप्रसाद पाण्डेयले जानकारी दिए।
-1719492502.jpg)
रवि लामिछानेलाई मुकुलले भने– तपाईँलाई ठग, भ्रष्टाचारी र अपराधी प्रमाणित गर्न सक्छु शुक्रबार, भदौ ७, २०८१ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पदीय भूमिकाबाट हटाएका मुकुल ढकालले सभापतिका गलत कार्यउपर सत्य र प्रमाणका आधारमा प्रश्न उठाउनु पार्टी विरुद्ध लागेको नहुने जवाफ फर्काएका छन्।

पार्टीप्रतिको असन्तुष्टि सामाजिक सञ्जालमा व्यक्त नगर्न नेकपा एसको निर्देशन शुक्रबार, भदौ ७, २०८१ पार्टीका महासचिव घनश्याम भुसालले शुक्रबार एक विज्ञप्ति जारी गर्दै पार्टीसम्वद्ध कुनै पनि नेताले अबदेखि सामाजिक सञ्जालमा पार्टी, कमिटी र अरु नेताहरूका बारेमा कुनै पनि नकारात्मक कुरा नलेख्न, शेयर नगर्न निर्देशन दिएका हुन्।

मुकुल ढकालको प्रतिवेदनको अपनत्व नलिएको रास्वपाले प्रस्तावित कार्यक्रम गर्दै शुक्रबार, भदौ ७, २०८१ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूरक महामन्त्री डा मुकुल ढकालले आफूले पार्टीमा पेस गरेको प्रतिवेदनको अपनत्व नलिने बताएपनि सो प्रतिवेदनमा उल्लेख गरिएका कार्यक्रम भने कार्यान्वयनको प्रयास गरेको टिप्पणी गरेका छन्।
-1716205509.jpg)
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै शुक्रबार, भदौ ७, २०८१ नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्ने भएको छ। साउन २८ गतेबाट स्थगित भएको बैठक आज पुनः बस्न लागेको हो। गत साउन २३ गतेबाट सुरु भएको बैठकमा ११ वटा विभिन्न प्रस्तावित विषयहरूमाथि नेताहरूले बोल्ने क्रम जारी छ।
-1724144053.jpg)
प्रधानमन्त्री ओली असोज पहिलो साता अमेरिका जाँदै बिहीबार, भदौ ६, २०८१ थाइल्याण्ड भ्रमण अनिश्चित बनिरहेका बेला राष्ट्रसङ्घीय महासभाका लागि प्रधानमन्त्री केपी शर्मा ओली न्यूयोर्क (अमेरिका) जाने भने पक्कापक्की भएको छ।महासभाकै क्रममा प्रधानमन्त्री ओलीले संयुक्त राष्ट्रसङ्घले यस वर्ष आयोजना गर्न लागेको ‘समिट अफ द फ्युचर’ मा सम्बोधन गर्ने टुङ्गो समेत लागेको छ।

मुलुकमा देखिएका समस्या डेढ महिनाअघि बनेको यो सरकारले लिएर आएको होइन : प्रधानमन्त्री ओली बिहीबार, भदौ ६, २०८१ प्रधानमन्त्री ओलीले गणतन्त्रको रक्षा, संविधानको कार्यान्वयनमा स्पष्ट र दृढ रहेको बताए। उनले जनतामा परिस्थिति भड्काउन खोज्नेहरूले निराशाका कुरा गरिरहेको हुनसक्ने आशङ्का व्यक्त गरे। राजनीतिक दलविरुद्ध वितृष्णा फैलाउने र अहिलेको व्यवस्था मन नपराउनेहरूले समाजमा निराशा फैलाइरहेको उनको भनाइ थियो।

जनता भड्काउने काम भइरहेको छ: प्रधानमन्त्री ओली बिहीबार, भदौ ६, २०८१ प्रधानमन्त्री केपी शर्मा ओलीले जनतामा जति असन्तुष्टि छ त्यो भन्दा बढी असन्तुष्टि छ भनेर जनता भड्काउने काम भइरहेको बताएका छन्।बिहीबारको प्रतिनिधि सभा बैठकमा सांसदहरूले सोधेको प्रश्नको जवाफ दिँदै जति नकारात्मक बोल्यो त्यति प्रचलित भइन्छ भन्नेले जनतामा असन्तुष्टि छ भनेर देखाउन खोजेको जिकिर उनको थियो।

हामीलाई गल्ती गर्ने छुट छैनः प्रधानमन्त्री बिहीबार, भदौ ६, २०८१ प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारलाई गल्ती गर्ने छुट नभएको बताएका छन्।बिहीबार प्रतिनिधि सभा बैठकमा सांसदसँग प्रश्नोत्तर कार्यक्रममा सरिक हुने क्रममा प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन्।

प्रधानमन्त्रीको कार्यक्षमतामा रास्वपा सांसद श्रेष्ठले उठाइन् प्रश्न बिहीबार, भदौ ६, २०८१ राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद तथा पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठले त्रिविमा सत्तारुढ दलका कार्यकर्ताहरूको त्रासले पदाधिकारी कार्यकक्षमा जान नसक्ने अवस्थाको कारक प्रधानमन्त्री केपी शर्मा ओली भएको बताएकी छन्। प्रतिनिधिसभाको बिहीबारको बैठकमा सांसद श्रेष्ठले प्रधानमन्त्री ओलीको कार्यक्षमतामा प्रश्न उठेको बताएकी छन्।

भ्रष्टाचारका मुद्दा छानबिनमा पाँच वर्षे हदम्याद आफूहरुलाई मान्य छैन: रवि लामिछाने बिहीबार, भदौ ६, २०८१ बिहीबार प्रतिनिधि सभाको बैठकमा बोल्दै लामिछानेले भ्रष्टाचार निवारण सम्बन्धी ऐन २०५९ लाई संशोधन विधेयकमा प्रस्ताव गरिएको पाँच वर्षको हदम्याद आफूहरुलाई मान्य नहुने बताएका हुन्।

गृहमन्त्रीले भने– प्रहरी समायोजन प्रक्रिया अघि बढिसकेको छ बिहीबार, भदौ ६, २०८१ गृहमन्त्री रमेश लेखकले वर्तमान सरकारले मुलुकमा शान्ति, सुव्यवस्था र विधिको शासन कायम गर्ने बताएका छन्।बिहीबार बिहान जनकपुर विमानस्थलमा पत्रकारहरूसँग मन्त्री लेखकले सुशासन, दिगो शान्ति, विकास र समृद्धि प्राप्त गर्ने कुरामा सरकार अघि बढिरहेको बताएका हुन्।