कांग्रेसको केन्द्रीय समिति बैठक सर्यो, अब भदौ १६ गते बस्नेमंगलबार, भदौ ११, २०८१
-1724749030.jpg)
प्रचण्डले भने– म अब सत्ताको खेलमा लाग्दिन मंगलबार, भदौ ११, २०८१ प्रमुख प्रतिपक्षी दलका नेता एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सत्ताको खेलमा नलाग्ने उद्घोष गरेका छन्। प्रतिनिधिसभाको आजको बैठकलाई सम्बोधन गर्दै उनले सत्ताको खेलभन्दा जनताको अधिकारका लागि अघि बढ्ने बताएका हुन्।

संसद्मा प्रचण्डले भने– सरकार शक्तिको दुरुपयोगतिर अग्रसर छ मंगलबार, भदौ ११, २०८१ प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल प्रचण्डले सरकार अहङ्कारपूर्ण, तर गलत बाटोतिर अग्रसर भएको टिप्पणी गरेका छन्।

एकीकृत समाजवादीको उपाध्यक्षमा रामकुमारी झाँक्रीको उम्मेदवारी मंगलबार, भदौ ११, २०८१ नेकपा एकीकृत समाजवादीको उपाध्यक्षमा रामकुमारी झाँक्रीले उम्मेदवारी दिएकी छन्। यसअघि पार्टीको सचिव रहेकी झाँक्रीले यसपटक उपाध्यक्षमा उम्मेदवारी दिएकी हुन्।

प्रस्तावित राजदूतहरूको संसदीय सुनुवाइ भदौ १६ देखि २५ सम्म मंगलबार, भदौ ११, २०८१ मंगलबार सिंहदरबारमा बसेको समितिको बैठकले प्रस्तावित १७ देशका राजदूतमाथि परेको उजुरीसहितको सुनुवाइ भदौ १४ गतेबाट सुरु गरी भदौ १६, १७ , १८, १९, २०, २४ र २५ गते गरी ८ दिनमा सम्पन्न गर्ने निर्णय गरेको हो।

एकीकृत समाजवादीको वरिष्ठ उपाध्यक्षमा राजेन्द्र पाण्डे निर्विरोध मंगलबार, भदौ ११, २०८१ नेकपा एकीकृत समाजवादीको वरिष्ठ उपाध्यक्षमा राजेन्द्र पाण्डे निर्विरोध निर्वाचित भएका छन्।अर्का उम्मेदवार घनेन्द्र बस्नेतले उम्मेदवारी फिर्ता लिएपछि पाण्डे निर्विरोध भएका हुन्। औपचारिक घोषणा भने बाँकी छ।

म रवि लामिछाने क्लबबाट निष्कासित भएको हुँ, पार्टीबाट होइन: डा. मुकुल ढकाल मंगलबार, भदौ ११, २०८१ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले साधारण सदस्य समेत नरहने गरि पार्टीबाट निष्कासित गरेपछि प्रतिक्रिया दिँदै आफू रवि लामिछाने क्लबबाट निष्कासित भएको र आफूलाई पार्टीबाट निष्कासित गर्ने अधिकार क्लबलाई नरहेको बताएका हुन्।

साधारण सदस्यसमेत नरहने गरी मुकुल ढकाल रास्वपाबाट निष्काषित मंगलबार, भदौ ११, २०८१ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संस्थापक महामन्त्री मुकुल ढकाललाई साधारण सदस्य समेत नरहने गरी निष्कासन गरेको छ। रास्वपाको केन्द्रीय समितिको मङ्गलबार बिहान बसेको बैठकले ढकाललाई साधारण सदस्य समेत नरहने गरी हटाएको हो।

एकीकृत समाजवादीको वरिष्ठ उपाध्यक्षमा पाण्डे र बस्नेतको उम्मेदवारी, उपमहासचिवमा ४ जनाको मनोनयन मंगलबार, भदौ ११, २०८१ नेकपा एकीकृत समाजवादीको पदाधिकारी र पोलिटब्युरो चयनका लागि उम्मेदवारी दर्ता जारी छ ।

रास्वपाको केन्द्रीय समिति बैठक सुरु मंगलबार, भदौ ११, २०८१ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समितिको बैठक सुरु भएको छ।पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बिहानदेखि बैठक सुरु भएको हो। बैठकमा विभिन्न पाँच एजेण्डामा छलफल हुँदैछ।

प्रस्तावित राजदूतविरुद्ध परेका उजुरी आज खोलिँदै मंगलबार, भदौ ११, २०८१ संसदीय सुनुवाइ समितिले विभिन्न देशका लागि राजदूत पदमा प्रस्तावित व्यक्तिहरूका सम्बन्धमा प्राप्त उजुरी खोली सूचना वितरण गर्ने भएको छ।

महामन्त्रीद्वयको प्रस्तावले कांग्रेसमा हलचल, सभापति देउवाले बोलाए बैठक मंगलबार, भदौ ११, २०८१ पार्टीको केन्द्रीय समिति बैठक जारी रहेको र महामन्त्रीद्वयको प्रस्तावमाथि छलफल भइरहेको अवस्थामा देउवाले दुवै महामन्त्रीलाई आफ्नो निवास बोलाएर छलफल गर्न लागेका हुन्। बैठकमा सभापति देउवाले उपसभापति पूर्णबहादुर खड्का र धनराज गुरुङलाई पनि बोलाएका छन्।

मुकुल ढकाललाई साधारण सदस्यबाट हटाउन रास्वपाको केन्द्रीय समिति बस्दै मंगलबार, भदौ ११, २०८१ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक मंगलबार बस्दैछ। पार्टी केन्द्रीय कार्यालय चःमतीमा बिहान ८ बजे बस्ने केन्द्रीय समिति बैठकमा निलम्बित महामन्त्री डा मुकुल ढकालको अनुशासनको कारबाहीबारे छलफल हुनेछ।