
काठमाडौं— डा. मुकुल ढकालले आफू रवि लामिछाने क्लबबाट निष्कासित भएको प्रतिक्रिया दिएका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले साधारण सदस्य समेत नरहने गरि पार्टीबाट निष्कासित गरेपछि प्रतिक्रिया दिँदै आफू रवि लामिछाने क्लबबाट निष्कासित भएको र आफूलाई पार्टीबाट निष्कासित गर्ने अधिकार क्लबलाई नरहेको बताएका हुन्।
उनले भनेका छन्, 'रवि लामिछाने क्लवबाट निष्कासित भएको हुँ। राष्ट्रिय स्वतन्त्र पार्टीबाट निस्कासन गर्ने अधिकार क्लबलाई छैन। न्यायिक निकायले क्लबको कारवाहीलाई बदर गरेपछि, नैतिकताको आधारमा रवि लामिछानेले पार्टीको साधारण सदस्यबाट राजीनामा दिनुपर्छ।'
ढकालले सहकारी प्रकरणका सवालमा रवि लामिछानेले आम जनतालाई भ्रमित पार्ने गरि भाषणबाजी गर्दै हिँडको बताउँदै आफूविरूद्ध आएका प्रमाणलाई किर्ते भन्दै जनतामा भ्रम छरी राजनीति गरिराखेको आरोप लगाएका छन्।
मङ्गलबार बसेको रास्वपाको केन्द्रीय समितिको बैठकले ढकाललाई पार्टीको साधारण सदस्य समेत नरहने गरि निष्कासित गरेको छ।