News Griha :: न्यूजगृह
सरकारले भ्रष्टाचार र बेथितिलाई जोगाउन खोजे सदन र सडकबाट प्रतिवाद गर्छौं: प्रचण्ड
सरकारले भ्रष्टाचार र बेथितिलाई जोगाउन खोजे सदन र सडकबाट प्रतिवाद गर्छौं: प्रचण्ड नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भ्रष्टाचार र बेथितिलाई जोगाउँदै सरकारले भ्रष्टाचारीको संरक्षण गर्ने काम जारी राखे सदन र सडकबाट प्रतिवाद गरिने बताएका छन्। 
रास्वपा सुदूरपश्चिम महामन्त्री बर्खास्त
रास्वपा सुदूरपश्चिम महामन्त्री बर्खास्त राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सुदूरपश्चिम प्रदेश महामन्त्री पारस बाहुन बर्खास्त भएका छन्।उनलाई सुदूरपश्चिम प्रदेश सभापति प्रकाश विष्टले बर्खास्त गरेका हुन्। बाहुन गत मंसिर १३ गते महामन्त्री नियुक्त भएका थिए।
प्रस्तावित राजदूतको सुनुवाइ: आज उजुरीकर्तासँग छलफल
प्रस्तावित राजदूतको सुनुवाइ: आज उजुरीकर्तासँग छलफल संसदीय सुनुवाइ समितिले विभिन्न देशका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी दिएकाहरूसँग शुक्रबार छलफल गर्दैछ। बैठक दिउँसो १ बजे सुरु हुनेछ।
सरकारलाई दुई तिहाइको घमण्ड नदेखाउन प्रचण्डको चेतावनी
सरकारलाई दुई तिहाइको घमण्ड नदेखाउन प्रचण्डको चेतावनी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारलाई दुई तिहाइ बहुमतको घमण्ड नदेखाउन चेतावनी दिएका छन्।धनगढीमा भएको पार्टीको प्रदेश परामर्श बैठकपछि पत्रकारसँग कुरा गर्दै उनले सरकारको सुरुवाती दिन हेर्दा राम्रो लक्षण नदेखिएपछि दुई तिहाइको अहंकार देखाए बंगलादेश र श्रीलंकाको हालत हुन्छ भनेर सम्झाएको बताए।
विद्युतको बक्यौता उठाउन प्रचण्डले रोकेका हुन्, स्पष्टीकरण सोध्नुपर्छ: गोकुल बाँस्कोटा
विद्युतको बक्यौता उठाउन प्रचण्डले रोकेका हुन्, स्पष्टीकरण सोध्नुपर्छ: गोकुल बाँस्कोटा बिहीबारको प्रतिनिधिसभा बैठकमा बोल्दै नेता बाँस्कोटाले प्रचण्डले नै विद्युतको बक्यौता रोक्न पत्र पठाएको उल्लेख गर्दै संसद्ले स्पष्टीकरण सोध्नु पर्ने बताएका हुन्। साथै बाँस्कोटाले प्रचण्डलाई बङ्गलादेश बनाउने अभिव्यक्ति नदिन चेतावनी समेत दिए।
प्रमाण भएरनै रवि लामिछानेले ९ घण्टा बयान दिनुपर्‍यो: गगन थापा
प्रमाण भएरनै रवि लामिछानेले ९ घण्टा बयान दिनुपर्‍यो: गगन थापा नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सहकारी ठगी प्रकरणमा रवि लामिछानेले ९ घण्टासम्म बयान दिनुपरेको बताएका छन्।प्रतिनिधि सभाको बिहीबारको बैठकमा बोल्ने क्रममा उनले प्रमाण भएर नै संसद्मा सङ्घर्ष गरेर समिति बनाइयो र समितिमा लामिछानेले ९ घण्टासम्म बयान दिएको बताएका छन्।
योगेश भट्टराईमाथि माओवादी आक्रामक, नम्बरी ठगको संज्ञा
योगेश भट्टराईमाथि माओवादी आक्रामक, नम्बरी ठगको संज्ञा बुधबार संसद्मा दुवै दलका सांसदबीच घम्साघम्सी परेपछि अब यो विषय संसद् बाहिर पनि चर्किने देखिएको छ। बुधबार संसद्मा माओवादीप्रति भट्टराईले आक्रामक सम्बोधन गरेपछि अहिले माओवादीका नेता तथा कार्यकर्ता उनीमाथि खनिन थालेका छन्।
देउवाले बोलाए पदाधिकारी र पूर्व पदाधिकारीसहितको बैठक
देउवाले बोलाए पदाधिकारी र पूर्व पदाधिकारीसहितको बैठक आजको छलफलमा महामन्त्रीद्वयले आफ्नो प्रतिवेदन परिमार्जन नहुने बताएका थिए। ‘आज पनि कुरा नमिलेपछि  शनिबार बिहान ९ बजे पदाधिकारी र पूर्व पदाधिकारीसहित बैठक बस्ने गरी उठ्यौँ,’ ती पदाधिकारीले भने।
एमाले सचिवालय बैठक बस्दै
एमाले सचिवालय बैठक बस्दै ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा अहिले दिउँसो १ बजे बस्न थालेको हो। बैठकमा पार्टीको वार्षिक कार्ययोजना र समसामयिक राजनीतिक प्रस्तावमा छलफल गर्ने गरी कार्यसूची तय गरिएको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए। 
म प्रधानमन्त्री बन्ने सम्भावना छैनः परराष्ट्रमन्त्री राणा
म प्रधानमन्त्री बन्ने सम्भावना छैनः परराष्ट्रमन्त्री राणा एमाले अध्यक्ष एवं प्रधानमन्त्री ओलीले हालै महिला प्रधानमन्त्री बनाउने इच्छा रहेको टिप्पणीप्रति उनले कांग्रेसभित्र आफ्नो हैसियत के हो भन्ने राम्ररी जानकार रहेको प्रतिक्रिया दिँदै उनले आफू प्रधानमन्त्री हुने सम्भावना नरहेको बताइन्। ‘ओलीले आफ्नै दलको कुनै महिलातर्फ सङ्केत गर्नु भएको होला,’ उनले भनिन्।
एकीकृत समाजवादीको पोलिटब्युरोमा को को निर्वाचित भए?
एकीकृत समाजवादीको पोलिटब्युरोमा को को निर्वाचित भए? नेकपा एकीकृत समाजवादी पार्टीले पोलिटब्युरो सदस्य चयनका लागि गरेको निर्वाचनको परिणाम आएको छ। पदाधिकारीको परिणाम बुधबार आएको थियो भने पोलिटब्युरो सदस्यको परिणाम पनि आज आएको छ।
मन्त्रिपरिषद् बैठक बस्दै, मुख्य सचिव नियुक्तिको तयारी
मन्त्रिपरिषद् बैठक बस्दै, मुख्य सचिव नियुक्तिको तयारी मन्त्रिपरिषद् बैठक आज बस्दै छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज साँझ ५ बजे बैठक बोलाइएको छ। बैठक नियमित भनिए पनि मुख्य सचिव नियुक्तिबारे छलफल हुने स्रोतले बतायो।
Weather Update