News Griha :: न्यूजगृह
माओवादीले फिर्ता लियो कोशी सरकारलाई दिएको समर्थन
माओवादी केन्द्र संसदीय दलका नेता इन्द्र आङ्वो। फाइल तस्बिर।

विराटनगर— नेकपा माओवादी केन्द्रले कोशी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। माओवादी केन्द्र संसदीय दलका नेता इन्द्र आङ्वोले मुख्यमन्त्री हिक्मत कार्कीलाई दिएको समर्थन फिर्ता लिएको जानकारी दिए।

शुक्रबार बसेको संसदीय दलको बैठकले सरकारलाई दिएको समर्थन लिने निर्णय गरेको हो। समर्थन फिर्ता लिएको बेहोराको पत्र  प्रदेशसभा सचिवालयमा दर्ता गरिएको माओवादी केन्द्रले जनाएको छ।

नेपाली कांग्रेसका केदार कार्की नेतृत्वको सरकारलाई विस्थापन गरी गत वैशाख २७ गते कार्की मुख्यमन्त्री नियुक्त भएका थिए। उनले जेठ १ विश्वासको मत लिएका थिए।

एमालेका कार्कीलाई नेपालको संविधानको धारा १६८ को उपधारा ५ बमोजिम मुख्यमन्त्री बनाउन माओवादी केन्द्रका १३ सांसदले समर्थन गरेका थिए। केन्द्रमा एमाले–कांग्रेस गठबन्धन बनेपछि माओवादी सरकारबाट बाहिरिएको हो।

Koshi-Maobadi-1725005424.jpg

प्रकाशित मिति: शुक्रबार, भदौ १४, २०८१  १४:१४
Weather Update