एमाले सचिवालय बैठक बस्दै

काठमाडौं— नेकपा एमालेको सचिवालय बैठक आज बस्दै छ।
ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा अहिले दिउँसो १ बजे बस्न थालेको हो। बैठकमा पार्टीको वार्षिक कार्ययोजना र समसामयिक राजनीतिक प्रस्तावमा छलफल गर्ने गरी कार्यसूची तय गरिएको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए।
बैठकमा पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली, वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, महासचिव, उपमहासचिव र सचिव सहभागी हुने जनाइएको छ।
प्रकाशित मिति: बिहीबार, भदौ १३, २०८१ १३:०९