आज थप चार देशका प्रस्तावित राजदूतको सुनुवाइ हुँदैसोमबार, भदौ १७, २०८१

गठबन्धन नगरी चुनाव लड्ने महामन्त्री गगन थापाको प्रस्ताव पारित आइतबार, भदौ १६, २०८१ नेपाली कांंग्रेसका महामन्त्री गगन थापाले गत फागुनको महासमिति बैठकमा पेस गरेको गठबन्धन नगरी आगामी आमनिर्वाचन लड्ने प्रस्ताव केन्द्रीय समिति बैठकबाट अनुमोदन भएको छ।महामन्त्री थापाले साङ्गठनिक प्रस्तावमा समेटेको उक्त विषय रणनीति भन्दै सभापति शेरबहादुर देउवा र उनी निकट केन्द्रीय सदस्यहरूले अहिल्यै निर्णय गर्न हुन्न भन्ने मत राख्दै आएका थिए।

भागबन्डा मिलाउन गण्डकीमा मन्त्रालय फुटाइयो आइतबार, भदौ १६, २०८१ गण्डकी प्रदेशमा मन्त्रालयको सङ्ख्या बढाइएको छ। आइतबार बसेको मन्त्रिपरिषद् बैठकले दुई वटा मन्त्रालय फुटाएर सङ्ख्या बढाउने निर्णय गरेको हो। यसअघि गण्डकीमा ७ वटा मन्त्रालय रहेकोमा अब ९ मन्त्रालय हुने भएको छ।

मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक आइतबार, भदौ १६, २०८१ सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरुङले मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गरेका हुन्।

महामन्त्रीबाट हटाएको विषयमा मुकुलले दिए रास्वपामा पुनरावेदन निवेदन आइतबार, भदौ १६, २०८१ डा. मुकुन्द ढकालले आफूमाथि गरिएको कारवाही बारे राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा पुनरावेदनको निवेदन दिएका छन्।ढकालले आफूलाई महामन्त्री पदबाट हटाएको विषयमा पुनरावेदन निवेदन दिएको जानकारी दिएका हुन्।

वर्तमान सरकार बिचौलियाको सरकार होः प्रचण्ड आइतबार, भदौ १६, २०८१ नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकार बिचौलियाको सरकार भएको आरोप लगाएका छन्। अध्यक्ष दाहालले वर्तमान सरकार कांग्रेस र एमालेको नभई बाहिरको शक्तिबाट बनेको बताए।

प्रस्तावित १७ राजदूतको सुनुवाइ सुरु, ८ दिनसम्म चल्ने आइतबार, भदौ १६, २०८१ संसदीय सुनुवाइ समितिले प्रस्तावित राजदूतमध्ये पहिलो दिन आइतबार ४ जनालाई बोलाएको छ। समिति सभापति ईश्वरी न्यौपानेले प्रस्तावित राजदूतविरुद्ध उजुरी दर्ता गराउनेहरूसँग छलफल भइसकेकाले सुनुवाइ प्रक्रिया अघि बढाउन लागेको बताइन्।
-1716205509.jpg)
कांग्रेस केन्द्रीय समिति बैठक बस्दै, महामन्त्रीद्वयको प्रतिवेदन परिमार्जनसहित पारित गर्ने आइतबार, भदौ १६, २०८१ महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको प्रतिवेदनका कारण रोकिएको नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आइतबार बस्दैछ। साउन २३ देखि जारी बैठक महामन्त्रीद्वयको प्रतिवेदनमा सहमति नजुट्दा भदौ ७ देखि स्थगित भएको थियो।

प्रचण्डप्रति आक्रामक हुँदै ओलीले भने- मैले १७ हजार मान्छे मारेको छु र खुट्टा कमाउने ? शनिबार, भदौ १५, २०८१ प्रधानमन्त्री केपी शर्मा ओली माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमाथि आक्रामक भएका छन्।शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री ओलीले आफूले १७ हजार मान्छे नमारेको कारण खुट्टा नकमाउने बताएका हुन्।

सरकारले राजनीति र नीतिगत स्थिरताको वातावरण तयार गरेको छ : उपप्रधानमन्त्री पौडेल शनिबार, भदौ १५, २०८१ विकासका काममा सत्ता र प्रतिपक्ष मिलेर काम गर्नुपर्ने समेत उनले बताए। उनले विकास निर्माणमा सत्तापक्ष प्रतिपक्षसँग सँगसँगै हिँड्ने र यसको राम्रो संस्कार लुम्बिनी प्रदेशमा रहेको बताए। उनले प्रादेशिक अस्पतालको अत्याधुनिक भवन निर्माण आयोजना सम्पन्न गर्न जनस्तरबाट नियमित निगरानी हुनुपर्ने बताए।

नेपाली कांग्रेसका शीर्ष नेता बैठक बिना निष्कर्ष टुंगियो, भोलि फेरि बस्ने शनिबार, भदौ १५, २०८१ नेपाली कांग्रेसका शीर्ष नेताहरूको आज बसेको बैठक बिना निष्कर्ष टुङ्गिएको छ। सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बसेको बैठक निष्कर्षमै नपुगेर टुङ्गिएको एक नेताले बताए।

सञ्चारमन्त्री गुरुङको दाबी— ‘कांग्रेस–एमाले सत्ता समीकरण ०८४ सम्मै जान्छ’ शनिबार, भदौ १५, २०८१ सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले वर्तमान सत्ता समीकरण आगामी आम निर्वाचनसम्म जाने बताएका छन्।अहिले सत्ता समीकरणबारे प्रश्न उठाउनुपर्ने कुनै कारण नभएको बताउँदै उनले समीकरण भत्किने कारण नभएको बताएका हुन्।

कांग्रेसका शीर्ष नेताको बैठक बस्दै शनिबार, भदौ १५, २०८१ बैठक बिहान ९ बजे सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बस्न लागेको हो। बैठकमा पूर्व र वर्तमान पदाधिकारीलाई बोलाइएको छ। महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको प्रतिवेदन सहमतिमा पारित गर्नका लागि बैठक बस्न लागेको हो।