संसद्मा उठ्यो एमबीबीएस प्रवेश परीक्षाको नतिजा छानबिनको मागमंगलबार, भदौ १८, २०८१

एमालेको पोलिटब्युरो बैठक सुरु मंगलबार, भदौ १८, २०८१ नेकपा एमालेको पोलिटब्युरो बैठक सुरु भएको छ। पार्टी केन्द्रीय कार्यालय च्यासलमा केहीबेर अघि बैठक सुरु भएको हो।

चिकित्सा शिक्षा आयोगको परीक्षामा भएको अनियमितता छानबिन गर्न माग मंगलबार, भदौ १८, २०८१ राष्ट्रियसभाको आजको बैठकमा सांसदहरुले चिकित्सा शिक्षा आयोगले प्रकाशित गरेको पछिल्लो नतिजामा व्यापक मात्रामा अनियमितता भएको विवरण सार्वजनिक भएकाले सत्यतथ्य छानबिन गर्न माग गरेका छन्।शून्य समयमा बोल्दै सांसदहरुले विद्यार्थीको भविष्यमाथि खेलबाड गर्नेलाई कारबाहीको दायरामा ल्याउन सरकारको ध्यानाकर्षण गराए।

राजदूत सिफारिसमा समावेशिता ख्याल गर्न संसदीय समितिको निर्देशन, परराष्ट्रमन्त्रीले मागिन् माफी मंगलबार, भदौ १८, २०८१ प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिले विभिन्न मुलुकका लागि नेपाली राजदूतको पदमा सिफारिस गर्दा समानुपातिक समावेशी सिद्धान्तलाई ध्यान दिई सिफारिस गर्न सरकारको ध्यानाकर्षण गराएको छ।

पहिलो र दोस्रो दल मिलेर सरकार बनाउने कुरा सामान्य हुँदैनः गृहमन्त्री लेखक मंगलबार, भदौ १८, २०८१ गृहमन्त्री रमेश लेखकले देशका पहिलो र दोस्रो दल मिलेर सरकार बनाउने कुरा सामान्य नहुने बताएका छन्।

सञ्चारमन्त्री गुरुङलाई बर्खास्त गर्न माग मंगलबार, भदौ १८, २०८१ नेपाली कांग्रेसका नेता शंकर भण्डारी र पूर्वप्रहरी संगठन प्रमुख मञ्चका सदस्यहरूले सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङलाई कारबाही गर्न प्रधानमन्त्रीसँग माग गरेका छन्।उनीहरुले छुट्टाछुट्टै विज्ञप्ति निकालेर मन्त्री गुरुङलाई कारबाहीको माग गरेका हुन्।

प्रतिनिधि सभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची मंगलबार, भदौ १८, २०८१ आज प्रतिनिधि सभाको बैठक बस्दै छ। दिउँसो १ बजे संसद्को बैठक बस्ने संघीय संसद् सचिवालयले जानकारी दिएको छ।आजको बैठकको निम्न बमोजिमको सम्भावित कार्यसूची रहेको छ।

प्रधानमन्त्री ओलीले सञ्चारमन्त्री गुरुङलाई किन गराए सचेत? सोमबार, भदौ १७, २०८१ प्रधानमन्त्री केपी शर्मा ओलीले सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङलाई सचेत गराएका छन्।मन्त्री गुरुङले गत शनिबार पोखरामा दिएको अभिव्यक्तिलाई लिएर सार्वजनिक रुपमा आलोचना भएपछि प्रधानमन्त्री ओलीले सचेत गराएका हुन्।

मन्त्रालयमा असन्तुष्टि जनाउँदै दीपक मनाङेले दिए राजीनामा सोमबार, भदौ १७, २०८१ राजीव गुरुङ उर्फ दीपक मनाङेले गण्डकी प्रदेश सरकारमा वनमन्त्रीको पद अस्वीकार गरेका छन्। सोमबार एमालेलाई सरकारमा सहभागी गराउनेक्रममा मन्त्रिमण्डल हेरफेर गर्दा मनाङेलाई वन मन्त्रालयको दिइएको थियो।

गण्डकीमा मन्त्री मनाङे असन्तुष्ट, राजीनामा दिने धम्की सोमबार, भदौ १७, २०८१ गण्डकी प्रदेशको वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी पाएका दीपक मनाङेले असन्तुष्टि जनाउँदै राजीनामा दिने चेतावनी दिएका छन्।भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालय एमालेलाई दिएर मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मनाङेलाई वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिएका थिए।

गण्डकीमा एमालेका चार मन्त्रीले लिए शपथ सोमबार, भदौ १७, २०८१ गण्डकी सरकारमा नियुक्त भएका एमालेका चार जना मन्त्रीले शपथ लिएका छन्। नवनियुक्त मन्त्रीहरूलाई प्रदेश प्रमुख डिल्लीराज भट्टले शपथ गराएका हुन्।

गण्डकीमा टुङ्गियो मन्त्रालय भागबन्डा, एमालेका केसीलाई भौतिक पूर्वाधार मन्त्रालय सोमबार, भदौ १७, २०८१ गण्डकी प्रदेशमा कांग्रेस र एमालेबीच मन्त्रालय भागबन्डा टुङ्गिएको छ। एमालेले पाउने ४ वटा मन्त्रालयमध्ये सबैभन्दा शक्तिशाली मानिएको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय प्रकाश केसीले पाउने भएका छन्।

गण्डकीमा एमालेले टुङ्ग्यायो ४ मन्त्रीको नाम, शपथ आजै सोमबार, भदौ १७, २०८१ नेकपा एमालेले गण्डकी प्रदेशमा मन्त्री हुने ४ जनाको नाम टुङ्ग्याएको छ। स्रोतका अनुसार बागलुङका कृष्ण पाठक, नवलपुरकी पद्मा जिसी, कास्कीका प्रकाशबहादुर केसी र पर्वतका मित्रलाल बस्यालको नाम टुङ्गिएको छ।