गण्डकीमा एमालेले टुङ्ग्यायो ४ मन्त्रीको नाम, शपथ आजै

पोखरा— नेकपा एमालेले गण्डकी प्रदेशमा मन्त्री हुने ४ जनाको नाम टुङ्ग्याएको छ। स्रोतका अनुसार बागलुङका कृष्ण पाठक, नवलपुरकी पद्मा जिसी, कास्कीका प्रकाशबहादुर केसी र पर्वतका मित्रलाल बस्यालको नाम टुङ्गिएको छ।
पद्मा एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङ पक्षधर हुन् भने अरु सबै खगराज समूहका हुन्।
गण्डकीमा एमालेभित्र स्थायी कमिटी सदस्य खगराज र उपमहासचिव पृथ्वीसुब्बा समूहको गुटगत राजनीति छ।
गण्डकीमा ९ मन्त्रालयमध्ये मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई साथ दिने नेपाल समाजवादी पार्टीका फणीन्द्र देवकोटा र स्वतन्त्र सांसद दीपक मनाङेलाई पनि कांग्रेस कोटामै राखेर एमालेलाई ४ मन्त्रालय दिइएको छ।
एमालेका चारै जना मन्त्रीको आजै शपथ गर्ने तयारी छ ।
प्रकाशित मिति: सोमबार, भदौ १७, २०८१ १०:०९