उपसभामुखलाई महाअभियोग लगाउने तयारीपछि रास्वपा आन्तरिक छलफलमामंगलबार, भदौ २५, २०८१

असोज ३ गतेसम्म काठमाडौं नछाड्न सांसदलाई एमालेको निर्देशन मंगलबार, भदौ २५, २०८१ नेकपा एमालेले आफ्ना सांसदहरूलाई असोज ३ गतेसम्म काठमाडौं नछाड्न सर्कुलर जारी गरेको छ।उपसभामुखलाई हटाउने तयारी भएसँगै एमालेले आन्तरिक सर्कुलर गरेको एक नेताले जानकारी दिए।

प्रतिनिधि सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची मंगलबार, भदौ २५, २०८१ प्रतिनिधि सभाको बैठक आज पनि बस्दै छ। संसद् भवन नयाँ बानेश्वरमा बस्ने बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ। आजको बैठकमा सहरी विकास मन्त्रालय र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय सम्बन्धी मौखिक प्रश्नहरूको सम्बन्धित मन्त्रीले जवाफ दिनेछन्।

कांग्रेस नेतृ चित्रलेखा यादव अष्ट्रेलियाको राजदूतमा सिफारिस मंगलबार, भदौ २५, २०८१ सरकारले यसअघि अष्ट्रेलियाको राजदूतमा कान्ता रिजालको नाम सिफारिस गरेको थियो । तर, रिजाल इजरायलको राजदूतबाट फिर्ता हुँदा सहयोगीलाई स्वदेश नर्फकाएको उजुरी परराष्ट्र मन्त्रालयमा परेपछि उनको सट्टा यादवलाई सिफारिस गरिएको हो ।

सत्तारुढ दलले संविधान संशोधनका लागि बृहत् छलफल गर्ने सोमबार, भदौ २४, २०८१ सत्तारुढ दलहरूले संविधान संशोधनका लागि बृहत् छलफल गर्ने समझदारी गरेका छन्।कांग्रेस–एमालेबीच असार तेस्रो साता भएको सात बुँदे सहमतिअनुसार संविधान संशोधन गर्न प्रमुख राजनीतिक दल र सम्बन्धित पक्षसँग छलफल गरेर मात्रै अघि बढाउने दलहरूबीच समझदारी भएको हो।

सुमना भन्छिन्- प्रधानमन्त्री ओलीको कार्यक्षमतामा प्रश्न उठ्यो सोमबार, भदौ २४, २०८१ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सुमना श्रेष्ठले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका विद्यार्थीहरूको दीक्षान्त समारोह रोकिएकोप्रति आपत्ति जनाएकी छन्।

प्रतिनिधि सभामा आकस्मिक समय अब २ मिनेट मात्र सोमबार, भदौ २४, २०८१ सोमबार प्रतिनिधि सभाको बैठक सुरु भएलगत्तै केही सांसदले ढ्याप ढ्याप गरेर आकस्मिक समय माग गरे। त्यसपछि सभामुख देवराज घिमिरेले आकस्मिक समयमा बोल्ने सांसदका लागि दुई मिनेट समय निर्धारण गरिएको जानकारी गराए।

सत्ता साझेदार दलको बैठक आज बस्दै, के के छन् एजेण्डा? सोमबार, भदौ २४, २०८१ आइतबार साँझ प्रधानमन्त्री केपी ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, एमालेका महासचिव शंकर पोखरेल, गृहमन्त्री रमेश लेखक, परराष्ट्रमन्त्री आरजु राणा, उपप्रधान एवम् अर्थमन्त्रीसमेत रहेका एमाले उपाध्यक्ष विष्णु पौडेलबीच भएको छलफलपछि आज सत्तारुढ दलको बैठक बोलाइएको हो।

कांग्रेस नेतृ चित्रलेखा यादवलाई अष्ट्रेलियाका लागि राजदूतमा सिफारिस गर्ने तयारी सोमबार, भदौ २४, २०८१ मन्त्रिपरिषद्को बैठक बस्दै छ। बैठक साँझ ६ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बस्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। आज बस्ने मन्त्रिपरिषद् बैठकले अस्ट्रेलियाका लागि राजदूत सिफारिस गर्ने छ। परराष्ट्रमन्त्री आरजु राणा देउवाले कांग्रेस नेतृ चित्रलेखा यादवको नाम अस्ट्रेलियाको राजदूतका लागि प्रस्ताव गरेकी छन्।

सरकारको न्यूनतम साझा कार्यक्रम बनाउन चार सदस्यीय कार्यदल गठन आइतबार, भदौ २३, २०८१ कांग्रेस र एमाले गठबन्धन सरकारको न्यूनतम साझा कार्यक्रम बनाउन चार सदस्यीय कार्यदल गठन भएको छ।आइतबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवासहितको बैठकले न्यूनतम साझा कार्यक्रम तय गर्न कार्यदल बनाएको हो।

कांग्रेस–एमाले शीर्ष नेताहरूको बैठकले के निर्णय गर्यो? आइतबार, भदौ २३, २०८१ त्यही सहमति अनुसार कांग्रेसको समर्थनमा एमाले अध्यक्ष ओली असार ३० मा प्रधानमन्त्री नियुक्त भए। दुई दलको बहुमत भएपनि जसपा, लोसपा र नाउपालाई पनि सरकारमै सहभागी गराइएको छ भने जनमत पार्टीको पनि समर्थन छ।तर सरकार बनेको दुई महिना भइसक्दा पनि न्यूनतम् साझा कार्यक्रम बनेको छैन।

माओवादी पार्टी संविधान संशोधन विरोधी होइनः प्रचण्ड आइतबार, भदौ २३, २०८१ नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संविधान संशोधनको विपक्षमा आफूहरू नरहेको बताएका छन्।विराटनगर विमानस्थलमा आज बिहान पत्रकारसँगको भेटघाटमा उनले संविधान संशोधनका नाममा जनताको हकअधिकार र प्राप्त उपलब्धीलाई मास्ने काम माओवादी पार्टीलाई सह्य नहुने धारणा व्यक्त गरे।

प्रतिक्रान्तिका प्रयासविरुद्ध फेरि एउटा सङ्घर्ष आवश्यक छ: प्रचण्ड आइतबार, भदौ २३, २०८१ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिक्रान्तिका हर्कतहरु भइरहेको उल्लेख गर्दै यसविरुद्ध फेरि एउटा सङ्घर्ष आवश्यक भएको बताएका छन्। पार्टी कार्यालय पेरिसडाँडामा आइतबार आयोजित एक कार्यक्रममा उनले जनताको बलिदान र अधिकारविरुद्ध भइरहेको प्रतिक्रान्तिका प्रयासका विरुद्ध सङ्घर्ष गर्नुपर्ने स्थिति आएको बताए।









