News Griha :: न्यूजगृह
उपसभामुखलाई महाअभियोग लगाउने तयारीपछि रास्वपा आन्तरिक छलफलमा
फाइल तस्बिर।

काठमाडौं— सत्ता गठबन्धनको बैठकमा उपसभामुख इन्दिरा राना लाई महाअभियोग लगाउने विषयमा छलफल भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा उपसभामुखलाई हटाउन सदनमा प्रस्ताव लैजाने बारे छलफल भएको थियो। सत्तारुढ दलमा यो विषयमा छलफल भएपछि मङ्गलबार संसद् बैठकअघि पार्टीमा अनौपचारिक छलफल गर्न लागिएको प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिए।

यसबारे आफूले भर्खरै सूचना पाएको भन्दै उनले थप अध्ययन गरेर संसद् बैठकमा पनि कुरा उठाउने उनले बताए। ‘उपसभामुखलाई हटाउने सत्ता गठबन्धन दलमा भएको छलफललाई हामीले गम्भीररूपमा लिएका छौँ। यसबारे छलफल गर्न हामीले अनौपचारिक बैठक बोलाएका छौँ। थप अध्ययन गरेर संसद्को दिउँसो बस्ने संसद् बैठकमा फ्रन्टलाइनमा कुरा उठाउँछौँ,’ उनले भने। 

यसअघि उपसभामुख राना असम्बन्धित व्यक्तिलाई अन्तर्वार्ताका लागि समय मिलाइदिन नेपालस्थित अमेरिकी दूतावासलाई पत्र लेखेपछि विवादमा तानिएकी थिइन्। यसैलाई आधार बनाएर गठबन्धन सरकारले उपसभामुखलाई हटाउन लागेको रास्वपा नेताहरूले आशङ्का व्यक्त गरेका छन्।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: मंगलबार, भदौ २५, २०८१  १२:४६
विचार/ब्लग
Weather Update