
देशलाई ‘नन् करप्ट’ राष्ट्रका रूपमा चिनाउन कर्मचारीलाई प्रधानमन्त्रीको आग्रह शनिबार, भदौ २२, २०८१ प्रधानमन्त्री केपी शर्मा ओलीले जनतालाई सहज रूपमा सेवा दिँदै नेपाललाई ‘नन् करप्ट’ राष्ट्रको पहिचान दिन निजामती सेवाका कर्मचारीहरुलाई आग्रह गरेका छन्।एक्काईसौँ निजामती सेवा दिवसका अवसरमा शनिबार सिंहदरबारमा आयोजित मूल समारोह समितिको कार्यक्रममा प्रधानमन्त्री ओलीले सुशासन कायम गर्न कर्मचारी वर्ग दत्तचित्त भएर लाग्नुपर्नेमा जोड दिए।

यस्ता छन् मन्त्रिपरिषद् बैठकका २४ निर्णय शुक्रबार, भदौ २१, २०८१ सरकारले अर्थमन्त्रालयका सचिव (राजस्व) दिनेशकुमार घिमिरेलाई सञ्चयकोष सञ्चालक समितिको अध्यक्ष पदमा नियुक्त गर्ने निर्णय गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको हो।

मन्त्रिपरिषद्ले परिवर्तन गर्यो रोल्पाको गंगादेव गाउँपालिकाको नाम र केन्द्र शुक्रबार, भदौ २१, २०८१ मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले गंगादेव गाउँपालिकाको नाम परिवर्तन गरी सुकिदह राख्ने निर्णय गरेको सरकार प्रवक्ता पृथ्वीसुब्बा गुरुङले जानकारी दिए।

प्रधानमन्त्री ओलीको अमेरिका भ्रमण स्वीकृत शुक्रबार, भदौ २१, २०८१ न्युयोर्कमा हुने संयुक्त राष्ट्र सङ्घको महासभा बैठकमा भाग लिन जाने प्रधानमन्त्री ओली नेतृत्वको नेपाली टोलीलाई स्वीकृत दिएको सूचना तथा सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए।

स्थिर सरकार गठन गर्न कांग्रेस–एमालेको समीकरण बनेको होः गृहमन्त्री बिहीबार, भदौ २०, २०८१ धनगढीस्थित नेपाली कांग्रेसको पार्टी कार्यालयमा बिहीबार आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा कांग्रेसका केन्द्रीय सदस्यसमेत रहेका गृहमन्त्री लेखकले संविधान दश वर्षमा समीक्षा र मूल्याङ्कन गर्नुपर्ने व्यवस्था गरिएको दस्तावेज भएकाले यसको संशोधन गर्नुपर्ने आवश्यकता रहेको स्पष्ट पारे।

यौन दुर्व्यवहार आरोप लागेका रास्वपा बारा जिल्ला संयोजक पदमुक्त बिहीबार, भदौ २०, २०८१ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बारा जिल्ला सभापति चन्दन स्वर्णकारलाई पार्टीको जिम्मेवारीबाट मुक्त गरेको छ। उनलाई अनुशासनको कारबाहीसहित पार्टीबाट निलम्बन गरिएको हो।

नेताका कारण युवामा निराशा छायो : कांग्रेस नेता भण्डारी बिहीबार, भदौ २०, २०८१ नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा प्रतिनिधि सभा सदस्य चन्द्र भण्डारीले नेताहरुका कारण युवामा निराशा छाएको बताएका छन्। तानसेनमा बिहीबार पत्रकारसँग उनले देशमा नेताको कार्यशैलीले अहिलेका युवापुस्तामाझ निराशा उत्पन्न भएको बताए।

प्रधानमन्त्री ओलीलाई प्रचण्डको जवाफ– ‘अब जनताको राउन्ड किक कस्तो हुन्छ, तिनले देख्नेछन्’ बिहीबार, भदौ २०, २०८१ पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बिहीबार आयोजित एक कार्यक्रममा उनले शहीदको बलिदानका कारण प्राप्त राजनीतिक उपलब्धि उपभोग गरेर बलिदानीपूर्ण संघर्षमाथि नै धावा बोल्ने छुट कसैलाई नभएको उल्लेख गर्दै यस्ता प्रवृत्तिको भण्डाफोर गर्नुपर्ने बताए ।
-1715843430.jpg)
एमालेसँग मतभेद छैन: देउवा बुधबार, भदौ १९, २०८१ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बहुदलीय प्रजातान्त्रिक प्रणाली र गणतान्त्रिक व्यवस्थाको सम्बन्धमा कांग्रेस र एमालेबीच मतभेद नरहेको बताएका छन्।बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले प्रजातन्त्र र गणतन्त्रको रक्षका लागि कांग्रेस र एमोलबीच कुनै मतभेद नरहेको बताए।

मुलुकलाई दुई दलीय अधिनायकवादमा लैजान खोजिँदैछ, विपक्षीहरू सङ्गठित हुनुपर्छः प्रचण्ड बुधबार, भदौ १९, २०८१ माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देशलाई दुई दलीय शासन अधिनायकवाद तर्फ लैजाने खोजिएको भन्दै अब त्यसविरुद्ध विपक्षीहरूलाई समेटेर लैजानुपर्ने बताएका छन्।बुधबार पार्टीको अनुशासन आयोग, निर्वाचन आयोग र लेखा आयोगको संयुक्त बैठक समापनको क्रममा बोल्दै अध्यक्ष दाहालले सबै प्रतिपक्षलाई समेटेर लैजानुपर्ने बताएको पार्टीका प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए।

एमाले पोलिटब्युरो बैठक आज पनि बुधबार, भदौ १९, २०८१ नेकपा एमालेको पोलिटब्युरो बैठक आज पनि बस्दै छ। हिजोबाट सुरु भएको बैठक पार्टी कार्यालय च्यासलमा बैठक बस्नेछ।

सहकारी छानबिन विशेष समितिको म्याद १५ दिन थप मंगलबार, भदौ १८, २०८१ प्रतिनिधिसभाको मंगलबारको बैठकमा विशेष समितिका सभापति सूर्य थापाले सहकारी बचतकर्ताहरूको बचत रकम सुरक्षा हेतु प्राप्त सूचना र तथ्यहरूको थप पुष्टि र पुनर्पुष्टि समेतका कार्य गर्न समय अपर्याप्त भएकाले १५ दिनको समय थप गरिदिन भन्दै प्रस्ताव राखेका थिए।