नेताका कारण युवामा निराशा छायो : कांग्रेस नेता भण्डारी

पाल्पा— नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा प्रतिनिधि सभा सदस्य चन्द्र भण्डारीले नेताहरुका कारण युवामा निराशा छाएको बताएका छन्।
तानसेनमा बिहीबार पत्रकारसँग उनले देशमा नेताको कार्यशैलीले अहिलेका युवापुस्तामाझ निराशा उत्पन्न भएको बताए।
युवाहरू विदेशिने क्रम बढ्दो रहेको हुँदा अब नेताले पद र प्रतिष्ठालाई मात्र महत्व दिनुभन्दा देश र जनताको हितमा काम गर्नुपर्ने उनको भनाइ थियो।
युवालाई देशमै बस्ने वातावरण बनाउनुपर्नेमा उनको जोड थियो।
मुलुक अब परिवर्तनको बाटोमा अघि बढ्नुपर्ने उनले बताए। अब मुलुक बनाउनुपर्ने बेला आएको भन्दै देशलाई पछाडि फर्कन नदिई परिवर्तन गर्नु अहिलेको आवश्यकता रहेको उनको धारणा थियो।
प्रकाशित मिति: बिहीबार, भदौ २०, २०८१ १२:३६