News Griha :: न्यूजगृह
मन्त्रिपरिषद्ले परिवर्तन गर्‍यो रोल्पाको गंगादेव गाउँपालिकाको नाम र केन्द्र

काठमाडौं— रोल्पाको गंगादेव गाउँपालिकाको नाम र केन्द्र परिवर्तन भएको छ।

मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले गंगादेव गाउँपालिकाको नाम परिवर्तन गरी सुकिदह राख्ने निर्णय गरेको सरकार प्रवक्ता पृथ्वीसुब्बा गुरुङले जानकारी दिए।

गाउँपालिकाको केन्द्र पनि परिवर्तन भएको छ। गाउँपालिकाको केन्द्र साविक वडा नम्बर ५ सानडाँडामा रहेकामा अब वडा नम्बर २ स्थित सुखाओडार (जिनावाङ) राख्ने निर्णय भएको छ।

यो नगरपालिका २०७२ सालमा स्थापना भएको हो। साबिकका चार वटा गाविस, ओत, जिनावाङ, पाखानी, राँकलाई मिलाइएर गंगादेव गाउँपालिका बनाइएको थियो।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: शुक्रबार, भदौ २१, २०८१  १५:४२
Weather Update