-1724144053.jpg)
प्रधानन्यायाधीश नियुक्तिको सिफारिस गर्न आज संवैधानिक परिषद् बैठक शुक्रबार, भदौ २८, २०८१ सर्वोच्चका प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ ६५ वर्षे उमेर हदका कारण असोज १९ देखि अवकाशमा जाँदै छन्। संविधानको धारा २८४ (३) बमोजिम अवकाशमा जानुभन्दा एक महिनाअघि नै नयाँ प्रधानन्यायाधीश नियुक्तिका लागि परिषद्ले सिफारिस गर्नुपर्ने व्यवस्था छ।

कोशी सरकारमा सहभागि हुँदै कांग्रेस, मन्त्रीहरूको शपथ आजै शुक्रबार, भदौ २८, २०८१ कोशी प्रदेश सरकारमा नेपाली कांग्रेस आजबाट सहभागी हुने भएको छ। शुक्रबार बिहान नौ बजे कांग्रेसका मन्त्रीहरूले शपथ लिने भएका छन्। कोशी सरकारमा कांग्रेसको नेतृत्व प्रदेश महामन्त्रीसमेत रहेका सांसद भुपेन्द्र राईले गर्ने भएका छन्।

प्रधानमन्त्री ओली र मन्त्रीहरुबीच कार्यसम्पादन सम्झौता बिहीबार, भदौ २७, २०८१ प्रधानमन्त्री केपी शर्मा ओलीसँग चालु आर्थिक वर्षमा गरिने मुख्य काम र हासिल हुने उपलब्धिका लागि उपप्रधानमन्त्रीद्वय प्रकाशमान सिंह र विष्णु पौडेल तथा मन्त्रीहरूसँग कार्यसम्पादन सम्झौता गरेका छन्।

उपसभामुख हटाउने कार्यको प्रतिकार गर्छौं : रास्वपा बिहीबार, भदौ २७, २०८१ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले उपसभामुख इन्दिरा रानालाई हटाउने सत्तारुढ दलहरूको तयारीको प्रतिकार गर्ने चेतावनी दिएका छन्।बिहीबार पार्टी केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन गरेर रास्वपाले उपसभामुख हटाउने कार्यको प्रतिकार गर्ने बताएको हो।

संवैधानिक निकायका सबै रिक्त पदमा छिटो सिफारिस गर्न प्रचण्डको सुझाव बिहीबार, भदौ २७, २०८१ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संवैधानिक निकायमा रिक्त रहेका पद छिटो सिफारिस गर्न सुझाव दिएका छन्। बिहीबार प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवासँग प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्तामा प्रचण्डले रिक्त पदमा छिटो सिफारिस गर्न सुझाव दिएको उनको सचिवालयले जानकारी दिएको छ ।

२१ महिनापछि कोशीमा संसदीय समितिको नेतृत्व चयन हुँदै, तीन दलले गरे भागबन्डा बिहीबार, भदौ २७, २०८१ कोशी प्रदेशसभाका संसदीय समितिको निर्वाचन २१ महिनापछि हुन लागेको छ।भोलि शुक्रबारका लागि तोकिएको निर्वाचनमा उम्मेदवारीको प्रस्ताव दर्ता गर्ने समय आज बिहीबार १० बजेदेखि साँझ ५ बजेसम्मका लागि तोकिएको छ।

प्रधानमन्त्री ओलीले भदौ ३१ गते संसद्मा सम्बोधन गर्ने बिहीबार, भदौ २७, २०८१ प्रधानमन्त्री केपी शर्मा ओलीले भदौ ३१ गते प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्ने भएका छन्।प्रधानमन्त्री ओली आगामी असोज ४ गते संयुक्त राष्ट्रसङ्घको ७९ औं महासभामा सहभागी हुने अमेरिका जाँदैछन्।

ओली, देउवा र प्रचण्डबीच भेटवार्ता बिहीबार, भदौ २७, २०८१ प्रधानमन्त्री निवास बालुवाटारमा बिहान भएको छलफलमा शुक्रबार बस्ने परिषद् बैठकको तयारी र समसामयिक विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। बुधबार साँझका लागि राखिएको बैठक परिषद्को बैठक स्थगन भएको थियो।
-1726119931.jpg)
वर्तमान सरकारले जनतामा आशा जगाएको ऊर्जामन्त्रीको दाबी बिहीबार, भदौ २७, २०८१ ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले वर्तमान सरकारले जनतामा आशा जगाएको बताएका छन्।बिहीबार विराटनगरमा आयोजित एक कार्यक्रममा उनले दुई ठूला राजनीतिक दल मिलेर वर्तमान सरकार बनेकाले यो सरकारले जनतामा आशा जगाएको बताए।

प्रधानमन्त्री ओलीले किन बोलाए सबै मन्त्रीलाई सिंहदरबार ? बिहीबार, भदौ २७, २०८१ प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीहरूसँग कार्यसम्पादन सम्झौता गर्ने भएका छन्। दिउँसो साढे २ बजे प्रधानमन्त्री ओलीले सबै मन्त्रीलाई आफ्नो कार्यालय सिंहदबारमा बोलाएका छन्। प्रचण्ड नेतृत्वको सरकारलाई हटाएर एमाले अध्यक्ष केपी शर्मा ओलीको सरकार बनेको २ महिना पुग्न लाग्दा पनि मन्त्रीहरूको काम चित्त बुझ्दो नभएको भन्दै जनस्तरबाट आलोचना भइरहेको छ।

असोज ३ गतेसम्म काठमाडौं नछाड्न सांसदहरूलाई कांग्रेसको ह्वीप बुधबार, भदौ २६, २०८१ नेपाली कांग्रेसले असोज ३ गतेसम्म काठमाडौं नछोड्न आफ्ना सांसदलाई ह्वीप जारी गरेको छ। असोज ३ गतेसम्म काठमाडौं उपत्यका बाहिर नजान र बाहिर रहेका सांसदहरू यथाशीघ्र काठमाडौं आउन भन्दै संसदीय दलका प्रमुख सचेतक श्याम घिमिरेले बुधबार ह्वीप जारी गरेका हुन्।

संवैधानिक परिषद्को बैठक स्थगित बुधबार, भदौ २६, २०८१ प्रधानमन्त्रीको अध्यक्षतामा बस्ने परिषद्को बैठकमा प्रधानन्यायाधीश, प्रतिनिधिसभाको सभामुख, राष्ट्रियसभाको अध्यक्ष, प्रतिनिधिसभाको प्रमुख प्रतिपक्षी दलको नेता र प्रतिनिधिसभाको उपसभामुखका सदस्य रहने संवैधानिक व्यवस्था छ । न्याय परिषद्ले यही भदौ २० गते नै ८ न्यायाधीशको नाम पठाएको थियो ।









