News Griha :: न्यूजगृह
असोज ३ गतेसम्म काठमाडौं नछाड्न सांसदहरूलाई कांग्रेसको ह्वीप 

काठमाडौं— नेपाली कांग्रेसले असोज ३ गतेसम्म काठमाडौं नछोड्न आफ्ना सांसदलाई ह्वीप जारी गरेको छ। असोज ३ गतेसम्म काठमाडौं उपत्यका बाहिर नजान र बाहिर रहेका सांसदहरू यथाशीघ्र काठमाडौं आउन भन्दै संसदीय दलका प्रमुख सचेतक श्याम घिमिरेले बुधबार ह्वीप जारी गरेका हुन्।

प्रतिनिधि सभामा कांग्रेसका ८८ जना सांसद छन्। उपसभामुख इन्दिरा रानाको आचरणमा प्रश्न गर्दै कांग्रेसले पनि उनको राजीनामा मागेको छ।

राजीनामा नदिए हटाउने प्रक्रिया सुरु गर्नुपर्ने भएकोले सांसदहरूलाई उपत्यका नछाड्न भनिएको एक सांसदको भनाइ छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार बसेको सत्ता साझेदार दलहरूको बैठकमा उपसभामुख रानालाई पदबाट हटाउन प्रस्ताव गरेका थिए।

उनको प्रस्तावमा सत्ता साझेदार दलहरू सहमत भएका थिए।  यसअघि नेकपा एमालेले आफ्ना सांसदहरूलाई असोज ३ गतेसम्म काठमाडौं नछाड्न सर्कुलर जारी गरेको थियो

प्रकाशित मिति: बुधबार, भदौ २६, २०८१  २१:१३
Weather Update