News Griha :: न्यूजगृह
प्रधानमन्त्री ओलीले सञ्चारमन्त्री गुरुङलाई किन गराए सचेत?

काठमाडौं— प्रधानमन्त्री केपी शर्मा ओलीले सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङलाई सचेत गराएका छन्।

मन्त्री गुरुङले गत शनिबार पोखरामा दिएको अभिव्यक्तिलाई लिएर सार्वजनिक रुपमा आलोचना भएपछि प्रधानमन्त्री ओलीले सचेत गराएका हुन्।

शनिबार पोखरामा पत्रकारसँग मन्त्री गुरुङले प्रहरी समायोजन सम्बन्धी विषयमा सोधिएको प्रश्नमा जवाफ दिँदै ‘आईजीपीको जिब्रो थुत्नु पर्ने’ अभिव्यक्ति दिएका थिए।

मन्त्री गुरुङलाई प्रधानमन्त्री केपी शर्मा ओलीले बोल्दा शब्द चयनमा ध्यान दिन सचेत गराएका हुन्। 

मन्त्री गुरुङले सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै आफूलाई प्रधानमन्त्री ओलीले सचेत गराएको स्पष्ट गरेका हुन्।

उनले भने, 'मेरो मन्त्रालयको र केही राजनीतिक घटनाक्रमबारे पनि जानकारी गराउनुपर्ने थियो। गराएँ। त्यही क्रममा प्रधानमन्त्रीले पोखरामा बोलेको विषयको सन्दर्भ बारे सोध्नुभयो। मैले जानकारी गराए।'

भाषा प्रयोग गर्दा सचेत हुनुपर्ने आफूले पनि महसुस गरेको मन्त्री गुरुङले बताए।

प्रकाशित मिति: सोमबार, भदौ १७, २०८१  २०:४९
Weather Update