News Griha :: न्यूजगृह
कांग्रेसका शीर्ष नेताको बैठक बस्दै

काठमाडौं— नेपाली कांग्रेसका शीर्ष नेताहरूको बैठक आज बस्दैछ।

बैठक बिहान ९ बजे सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बस्न लागेको हो। बैठकमा पूर्व र वर्तमान पदाधिकारीलाई बोलाइएको छ। महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको प्रतिवेदन सहमतिमा पारित गर्नका लागि बैठक बस्न लागेको हो।

आइतबार बस्ने केन्द्रीय समिति बैठकले पेस भएका प्रतिवेदन परिमार्जन गरी पारित गर्दैछ।

यसअघि पनि सभापति देउवाले उपसभापति र महामन्त्रीहरूसँग प्रतिवेदनबारे छलफल गरेका थिए।

प्रकाशित मिति: शनिबार, भदौ १५, २०८१  ०८:१६
Weather Update