News Griha :: न्यूजगृह
भागबन्डा मिलाउन गण्डकीमा मन्त्रालय फुटाइयो
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे आइतबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा केन्द्रीय सत्ता गठबन्धन अनुसार प्रदेश सरकार पुनर्गठन लगायतका बारेमा सञ्चारकर्मीहरूलाई जानकारी दिँदै । 

पोखरा— गण्डकी प्रदेशमा मन्त्रालयको सङ्ख्या बढाइएको छ।

आइतबार बसेको मन्त्रिपरिषद् बैठकले दुई वटा मन्त्रालय फुटाएर सङ्ख्या बढाउने निर्णय गरेको हो। यसअघि गण्डकीमा ७ वटा मन्त्रालय रहेकोमा अब ९ मन्त्रालय हुने भएको छ।

हालको सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय फुटाइएको हो।

गण्डकीमा सत्तासाझेदार दल एमालेसँग भागबन्डामा कुरा नमिलेपछि सरकारमा नगएकोले मुख्यमन्त्री पाण्डेले मन्त्रालय फुटाएर ४ वटा मन्त्रालय दिने भएका छन्।

गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले माओवादीको चुनाव चिन्हबाट निर्वाचित नेपाल समाजवादी पार्टीका नेता फणीन्द्र देवकोटा र स्वतन्त्र सांसद राजीव गुरुङलाई सरकारबाट नहटाउने अडान राख्दा पनि एमाले सरकारमा जान आनाकानी गरिरहेको छ।

प्रकाशित मिति: आइतबार, भदौ १६, २०८१  २१:१२
Weather Update