एकीकृत समाजवादीको पोलिटब्युरोमा को को निर्वाचित भए?

काठमाडौं— नेकपा एकीकृत समाजवादी पार्टीले पोलिटब्युरो सदस्य चयनका लागि गरेको निर्वाचनको परिणाम आएको छ।
पदाधिकारीको परिणाम बुधबार आएको थियो भने पोलिटब्युरो सदस्यको परिणाम पनि बिहीबार आएको छ।
प्राप्त मतपरिणाम अनुसार विरोध खतिवडाले सबैभन्दा बढी २०१ मत प्राप्त गरेर विजयी भएका छन्।
त्यस्तै जीवनराम श्रेष्ठ १९५, रमा आलेमगरले १९४ र रामकुमारी झाँक्रीले १८२ मत पाएर विजयी भएका छन्। ८४ जना विजयी हुँदा सबै भन्दा कम मत १०७ ल्याउने पाँच जना रहेका छन्।
प्रकाशित मिति: बिहीबार, भदौ १३, २०८१ ०९:३९