विद्युतको बक्यौता उठाउन प्रचण्डले रोकेका हुन्, स्पष्टीकरण सोध्नुपर्छ: गोकुल बाँस्कोटा

काठमाडौं— नेकपा एमालेका सांसद गोकुल बाँस्कोटाले माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रमुख प्रतिपक्ष दलका नेता पुष्पकमल दाहाल प्रचण्डले नै विद्युतको बक्यौता उठाउन रोकेको आरोप लगाएका छन्।
बिहीबारको प्रतिनिधिसभा बैठकमा बोल्दै नेता बाँस्कोटाले प्रचण्डले नै विद्युतको बक्यौता रोक्न पत्र पठाएको उल्लेख गर्दै संसद्ले स्पष्टीकरण सोध्नु पर्ने बताएका हुन्। साथै बाँस्कोटाले प्रचण्डलाई बङ्गलादेश बनाउने अभिव्यक्ति नदिन चेतावनी समेत दिए।
बाँस्कोटाले माओवादीको च्याँखे दाउ मात्र थापिरहेको भन्दै सत्ताबाट बाहिर जाने बित्तिकै बङ्गलादेश बनाउने बताएको उल्लेख गरे।
बाँस्कोटाले माओवादीले लेखा समितिको सभापति मागेको प्रसङ्ग उल्लेख गर्दै लेखा समितिको सभापति फेर्ने भए सबै समितिको फेर्नुपर्ने प्रस्ताव अगाडि सारे।
प्रकाशित मिति: बिहीबार, भदौ १३, २०८१ १५:४८