News Griha :: न्यूजगृह
रास्वपाको केन्द्रीय समिति बैठक सुरु

काठमाडौं — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समितिको बैठक सुरु भएको छ।

पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बिहानदेखि बैठक सुरु भएको हो। बैठकमा विभिन्न पाँच एजेण्डामा छलफल हुँदैछ।

समसामयिक गतिविधि, राष्ट्रिय भेला, अनुशासनात्मक कारबाही, स्थानीय तहमा छाया सरकार आदि छलफलका विषय रहेको रास्वपाका नेताहरूले बताएका छन्।

rsp_centra_-committee-1724729594.jpgरास्वपाले असोज १ र २ मा पहिलो राष्ट्रिय भेला बोलाएको छ।

अनुशासनात्मक कारबाहीमा एजेण्डा अन्तर्गत रास्वपाले पूर्वमहामन्त्री मुकुल ढकाललाई साधारण सदस्य समेत नरहने गरी कारबाही गर्ने तयारी गरेको छ।

प्रकाशित मिति: मंगलबार, भदौ ११, २०८१  ०९:१८
Weather Update