News Griha :: न्यूजगृह
संसद्मा प्रचण्डले भने– सरकार शक्तिको दुरुपयोगतिर अग्रसर छ
फाइल तस्बिर।

काठमाडौं— प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल प्रचण्डले सरकार अहङ्कारपूर्ण, तर गलत बाटोतिर अग्रसर भएको टिप्पणी गरेका छन्।

प्रतिनिधिसभाको मङ्गलबार बसेको बैठकमा विशेष समय लिएर बोलेका प्रचण्डले ४० दिनमा सरकारको नियत र गन्तव्यको अवलोकनपछि आफू यो निष्कर्षमा पुगेको सुनाएका हुन्।

‘सरकार अहङ्कारपूर्ण तर गलत बाटोतिर अग्रसर छ। सङ्ख्याको उन्माद र शक्तिको दुरुपयोगतिर अग्रसर छ,’ उनले भने, ‘जनता भन्दा स्वार्थ समूह अझ माफियाहरूको सेवामा छ।’

प्रकाशित मिति: मंगलबार, भदौ ११, २०८१  १४:१९
Weather Update