News Griha :: न्यूजगृह
एकीकृत समाजवादीको उपाध्यक्षमा रामकुमारी झाँक्रीको उम्मेदवारी

काठमाडौं— नेकपा एकीकृत समाजवादीको उपाध्यक्षमा रामकुमारी झाँक्रीले उम्मेदवारी दिएकी छन्। यसअघि पार्टीको सचिव रहेकी झाँक्रीले यसपटक उपाध्यक्षमा उम्मेदवारी दिएकी हुन्।

केही समयअघि सम्पन्न पार्टीको दशौँ राष्ट्रिय महाधिवेशनबाट अध्यक्ष र महासचिवबाहेक पदाधिकारी टुङ्गो लगाउन सकेको थिएन।

सहमतिमै पदाधिकारी समेत चयन गर्ने गरी योजना बनेको भएपनि सहमति हुन नसकेपछि निर्वाचनबाट टुङ्गो लगाइने भएको हो।

अब पार्टीका केन्द्रीय कमिटी सदस्यहरूले मतदानमार्फत नेतृत्व चयन गर्नेछन्। पार्टीको वरिष्ठ उपाध्यक्षमा भने राजेन्द्र पाण्डे निर्विरोध निर्वाचित भएका छन्।

प्रकाशित मिति: मंगलबार, भदौ ११, २०८१  १३:५४
Weather Update