News Griha :: न्यूजगृह
जनता भड्काउने काम भइरहेको छ: प्रधानमन्त्री ओली

काठमाडौं— प्रधानमन्त्री केपी शर्मा ओलीले जनतामा जति असन्तुष्टि छ त्यो भन्दा बढी असन्तुष्टि छ भनेर जनता भड्काउने काम भइरहेको बताएका छन्।

बिहीबारको प्रतिनिधि सभा बैठकमा सांसदहरूले सोधेको प्रश्नको जवाफ दिँदै जति नकारात्मक बोल्यो त्यति प्रचलित भइन्छ भन्नेले जनतामा असन्तुष्टि छ भनेर देखाउन खोजेको जिकिर उनको थियो।

‘जनतामा जति असन्तुष्टि छन् त्यो भन्दा बढी बनाउन खोजिएको छ भड्काउन खोजिएको छ। अरू प्रकारका मनसाय होलान्‚’ उनले भने‚‘दलहरूबीच अस्वास्थ्य प्रतिस्पर्धा अहिलेको प्रणाली मन नपराउनेको चलखेल हुन सक्छ। अथवा देशप्रति जिम्मेवार हुन चाहेर पनि नजान्ने र नकारात्मक भाषा बोल्यो त्यति प्रचलित हुने र कुनै पनि प्रकारले जिम्मावारी लिन नखोज्ने जनतामा निराशा छ भन्ने फैलाए।’

प्रधानमन्त्री ओलीले भ्रष्टाचारजन्य गतिविधिमा शून्य सहनशीलता बनावटी देखावटी कुरा नभएको उल्लेख गरे। उनले भ्रष्टाचारको विषय छडिक प्रचारबाजीको विषय अहिलेको सरकारले नबनाएको पनि स्पष्ट पारे।

सांसद नारायण खड्काले सोधेको प्रश्नको जवाफ दिँदै उनले संविधान संशोधनको प्रतिगमन हो भन्नेलाई जवाफ दिएको भन्दै उनले अहिले सरकारमा भएको लोकतन्त्र बहुदलीय प्रतिस्पर्धात्मक प्रणाली ल्याउन भूमिका खेलेर आएको बताए।

‘यी दलहरूले नेपालको राजनीतिलाई अर्थ नीति समाजलाई अघि बढाउने सन्दर्भमा नेपाललाई कानुनी राजमा अघि बढाएन भूमिका खेलेर आएका छन्। यसमा सन्देशको कुनै गुन्जाइस छैन। कुनै हिसाबले प्रतिगमनमा जाला भन्ने यो भ्रम मात्र हो भ्रम फिँजाउने प्रयास मात्र हो यसको कुनै अर्थ छैन‚’ उनले भने।

प्रकाशित मिति: बिहीबार, भदौ ६, २०८१  १६:१०
Weather Update