News Griha :: न्यूजगृह
हामीलाई गल्ती गर्ने छुट छैनः प्रधानमन्त्री

काठमाडौं— प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारलाई गल्ती गर्ने छुट नभएको बताएका छन्।

बिहीबार प्रतिनिधि सभा बैठकमा सांसदसँग प्रश्नोत्तर कार्यक्रममा सरिक हुने क्रममा प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन्।

‘हामीलाई कुनै गल्ती गर्ने, अन्यौल र प्रतिफल नदेखिने गरी काम गर्ने कुनै छुट छैन। हामी गरिबीको दुष्चक्रमा छौँ। २० प्रतिशतभन्दा बढी जनता गरिबीको रेखामुनि छन्,’ ओलीले भने।

उनले नेपाल विकसित राष्ट्र बन्ने तर्फ उन्मुख हुँदै गएको पनि दाबी गरे।

‘हामी अल्पविकसित राष्ट्रबाट विकसित राष्ट्रमा उन्नति हुँदैछौँ। अझैपनि हाम्रा बीच शिक्षा र स्वास्थ्यमा समस्या छन्। यो सबै समस्या डेढ महिनाअघि बनेको सरकारले ल्याएको होइन,’ ओलीले भने।  

प्रकाशित मिति: बिहीबार, भदौ ६, २०८१  १५:३१
Weather Update