भ्रष्टाचारका मुद्दा छानबिनमा पाँच वर्षे हदम्याद आफूहरुलाई मान्य छैन: रवि लामिछाने

काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले भ्रष्टाचारका मुद्दा छानबिनमा पाँच वर्षे हदम्याद आफूहरुलाई मान्य नहुने स्पष्ट गरेका छन् ।
बिहीबार प्रतिनिधि सभाको बैठकमा बोल्दै लामिछानेले भ्रष्टाचार निवारण सम्बन्धी ऐन २०५९ लाई संशोधन विधेयकमा प्रस्ताव गरिएको पाँच वर्षको हदम्याद आफूहरुलाई मान्य नहुने बताएका हुन्।
लामिछानेले अहिले देशका युवाहरूले आफूलाई लगातार फोन गरेर यस विषयमा दबाब समेत दिएकोप्रति खुशी समेत व्यक्त गर्दै आफ्नो पार्टीलाई भ्रष्टाचारका मुद्दा छानबिनमा पाँच वर्षको हदम्याद मान्य नहुने बताएका हुन्।
यो विधेयक अहिले प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिमा छलफलको क्रममा रहेको छ।
प्रकाशित मिति: बिहीबार, भदौ ६, २०८१ १४:००