News Griha :: न्यूजगृह
मुलुकमा देखिएका समस्या डेढ महिनाअघि बनेको यो सरकारले लिएर आएको होइन : प्रधानमन्त्री ओली

काठमाडौं— प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा देखिएका समस्या डेढ महिना अगाडि बनेको आफू नेतृत्वको सरकारले नल्याएको बताएका छन्।

प्रतिनिधिसभामा सांसदका प्रश्नको जवाफ दिने क्रममा मुलुकमा समस्या देखिएका तर ती समस्या आफू नेतृत्वको सरकारले नल्याएको उनको भनाइ छ। 

प्रतिनिधिसभाको बिहीबारको बैठकमा कांग्रेस सांसद नारायण खड्काले सोधेको प्रश्न दिने क्रममा प्रधानमन्त्री ओलीले मुलुकमा समस्या रहेका र ती सबै समस्या वर्तमान सरकारले नल्याएको बताए।

'अझै पनि हामीसँग शिक्षा, स्वास्थ्य क्षेत्रमा समस्या छन् तर यो सबै समस्या डेढ महिना अगाडि बनेको यो सरकारले ल्याएको त होइन,' ओलीले भने।

मुलुकमा देखिएका समस्या समाधानमा सरकारले छिटो समाधान गर्न तीव्र गतिमा लागिरहेको प्रधानमन्त्रीको भनाइ थियो । उनले समस्या समाधानका लागि सरकार दत्तचित्त भएर लागेको बताए ।

प्रधानमन्त्री ओलीले गणतन्त्रको रक्षा, संविधानको कार्यान्वयनमा स्पष्ट र दृढ रहेको बताए। उनले जनतामा परिस्थिति भड्काउन खोज्नेहरूले निराशाका कुरा गरिरहेको हुनसक्ने आशङ्का व्यक्त गरे। राजनीतिक दलविरुद्ध वितृष्णा फैलाउने र अहिलेको व्यवस्था मन नपराउनेहरूले समाजमा निराशा फैलाइरहेको उनको भनाइ थियो।

प्रकाशित मिति: बिहीबार, भदौ ६, २०८१  १६:५४
Weather Update