News Griha :: न्यूजगृह
प्रतिनिधि सभामा आज प्रधानमन्त्रीसँग प्रश्नोत्तर 
फाइल तस्बिर।

काठमाडौं— प्रतिनिधि सभाको बैठक बिहीबार बस्दैछ। दिउँसो १ बजे सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बस्ने बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग प्रश्नोत्तर हुने सम्भावित कार्यसूचीमा उल्लेख छ।

प्रतिनिधि सभा नियमावली, २०७९ को परिच्छेद–९ यस्तो व्यवस्था छ। वर्णानुक्रमअनुसार सांसदहरूले प्रश्न सोध्दै आएका छन्।

त्यस्तै सभामुख देवराज घिमिरेले प्रतिनिधि सभा अन्तर्गतको विषयगत समितिहरूमा सदस्यहरूको नाम हेरफेर गर्ने कार्यसूची छ।

सांसद डा तोसिमा कार्कीले हैजा महामारीका कारण निम्तिन सक्ने स्वास्थ्य सङ्कटकालको पूर्वानुमान, नियन्त्रण र द्रुत प्रतिकार्यलाई प्रभावकारी बनाउनु पर्ने भन्ने सार्वजनिक महत्त्वको विषयमाथि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रीको ध्यानाकर्षण गराउने पनि कार्यसूचीमा उल्लेख छ।

धितोपत्रसम्बन्धी (पहिलो संशोधन) विधेयकलाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि सांसद प्रेम सुवालले राखेको विरोधको सूचनालाई निर्णयार्थ प्रस्तुत गरिने कार्यसूची पनि छ।

त्यस्तै उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णु प्रसाद पौडेलले धितोपत्र सम्बन्धी (पहिलो संशोधन) विधेयक प्रस्तुत गर्नेछन्।

यसैगरी आर्थिक कार्यविधि तथा वित्तिय उत्तरदायित्व (पहिलोसंशोधन) विधेयकलाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि सांसद सुवालले राखेको विरोधको सूचनालाई निर्णयार्थ प्रस्तुत गरिने पनि कार्यसूचीमा उल्लेख छ।
अर्थमन्त्री पौडलेले आर्थिक कार्यविधि तथा वित्तिय उत्तरदायित्व (पहिलो संशोधन) विधेयक प्रस्तुत गर्ने पनि सम्भावित कार्यसूचीमा जनाइएको छ।

प्रकाशित मिति: बिहीबार, भदौ ६, २०८१  ०६:५१
Weather Update