पार्टी फुट्ने हल्ला चलाइयो, आशङ्का र भ्रम चिरिएः प्रचण्ड
-1722959836.jpg)
काठमाडौं— नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पार्टी फुट्छ भन्ने हल्ला बिल्कुल निराधार भएको टिप्पणी गरेका छन्।
पार्टी मुख्यालय पेरिसडाँडाबाट बाहिरिने क्रममा सञ्चारकर्मीहरूसँगको सङ्क्षिप्त कुराकानीमा प्रचण्डले यस्तो बताएका हुन्।
प्रचण्डले भने, ‘माओवादी पार्टी फुट्छ भनेर गरिएको हल्ला बिल्कुल निराधार हो। पार्टी फुट्छ भन्ने होहल्ला प्रचार धेरै भयो, कतिपय प्रसङ्गमा आशङ्का र भ्रम पनि भए। तर यो बैठकसम्म आउँदा ति आशङ्का र भ्रम चिरिएका छन्। खासगरी प्रभाकरले पार्टी फुटाउँछ भनेजस्तो माहोल बनेको छ, त्यो बिल्कुल गलत हो। हाम्रो पार्टी एकताबद्ध भएको छ र कमरेड प्रभाकरमाथि जे आशङ्का गरिएको छ त्यो गलत हो।’
प्रकाशित मिति: बिहीबार, साउन ३१, २०८१ २१:२७