News Griha :: न्यूजगृह
'माओवादी जनयुद्ध' भन्नु पर्यो भने जातै जाला जस्तो गर्छनः प्रचण्ड

काठमाडौं— नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनयुद्ध शब्द सुन्न नचाहेको देख्दा छक्क परेको छ।

‘हिंसात्मक द्वन्द्व भनेर लेखेको देख्छु, माओवादी जनयुद्ध भनेर लेख्न र बोल्न पर्दा जातै जान्छ जस्तो गर्छन,’ बुधबार प्रतिनिधिसभा बैठकमा टीआरसी विधेयकमाथिको छलफलमा भाग लिँदै प्रचण्डले भने, ‘माओवादी जनयुद्ध नभएको भए यो संसारकै नयाँ मोडेलको शान्ति प्रक्रिया सम्भव भएको हो।’

 उनका अनुसार पूर्णबहादुर खड्का नेतृत्वको समितिले नै माओवादी जनयुद्ध भनेर उल्लेख गरेको पनि उनले स्मरण गराएका छन्। 

प्रकाशित मिति: बुधबार, साउन ३०, २०८१  १४:५०
Weather Update