News Griha :: न्यूजगृह
टीआरसी विधेयक प्रतिनिधिसभाबाट पारित

काठमाडौं— सङ्क्रमणकालीन न्यायसम्बन्धी टीआरसी विधेयक प्रतिनिधि सभाबाट पारित भएको छ।

कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अजयकुमार चौरसियाले प्रस्तुत गरेको ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयक’लाई सभाले पारित भएको हो।

प्रधानमन्त्री केपी शर्मा ओलीका अनुसार अबको दश दिनभित्र यो विधेयकलाई कानूनमा रूपान्तरित गर्ने सरकारको लक्ष्य छ। प्रतिनिधि सभाबाट पारित भएको विधेयक राष्ट्रिय सभामा जान्छ।

राष्ट्रिय सभाबाट पारित भएर पुनः प्रतिनिधि सभामा आउँछ र सभामुखबाट प्रमाणित भएर प्रमाणीकरणका लागि राष्ट्रपतिकहाँ पुग्छ। राष्ट्रपतिले प्रमाणीकरण गरेपछि कानून बन्नेछ।

सरकारले फागुन २५, २०७९ मा यो विधेयक प्रतिनिधिसभामा दर्ता गरेको थियो। प्रतिनिधिसभाको कानुन, न्याय तथा मानवअधिकार कानुन समितिले विधेयक पास गर्नुअघि मुख्य विवादित विषयमा प्रमुख तीन राजनीतिक दल कांग्रेस, एमाले र माओवादीका शीर्ष नेताहरूले विवादित विषयमा सहमति जुटाएका थिए।

प्रकाशित मिति: बुधबार, साउन ३०, २०८१  १७:१९
Weather Update