News Griha :: न्यूजगृह
कांग्रेस बैठक भदौ ७ सम्म स्थगित

काठमाडौं— नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक १० दिनका लागि स्थगित गरिएको छ।

साउन २३ गतेदेखि विभिन्न ११ वटा प्रस्तावमा छलफल भइरहेको बैठक स्थगित गरिएको हो।

अर्को बैठक भदौ ७ गते बोलाइएको कांग्रेस कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।


 

प्रकाशित मिति: सोमबार, साउन २८, २०८१  २२:०६
Weather Update